नेकपाले भदौ २६ गते बोलायो स्थायी कमिटी बैठक

नेकपाले भदौ २६ गते बोलायो स्थायी कमिटी बैठक

रोदिक खबर

२२, भाद्र २०७७
  • 2.9K
    SHARES
  • नेकपाले भदौ २६ गते बोलायो स्थायी कमिटी बैठक

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टीको स्थायी कमिटी बैठक भदौ २६ गते बस्ने भएको छ ।

    प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार विहान बालुवाटारमा भएको छलफलमा बैठक बोलाउने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

    छलफलमा पार्टी महासचिव विष्णु पौडेलसमेत उपस्थित थिए । गत असार १० गतेबाट शुरु भएको स्थायी कमिटी बैठक पटकपटक स्थगित हुँदै आएकोमा पछिल्लोपटक १३ साउनमा स्थगित भएको थियो ।

    प्रकाशित मिति :भाद्र २२, २०७७ सोमवार - १२:१४:५५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको