'तिम्रै हुनेछु'  बोलको म्युजिक भिडियो सार्वजनिक

'तिम्रै हुनेछु'  बोलको म्युजिक भिडियो सार्वजनिक

रोदिक खबर

२४, माघ २०७९
  • 2.2K
    SHARES
  • 'तिम्रै हुनेछु'  बोलको म्युजिक भिडियो सार्वजनिक
    खोटाङ । प्रेमिल शैलीको  'तिम्रै हुनेछु'  बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  यस गीतमा भोइस अफ नेपाल सिजन ४ प्रतियोगी गायक  मिङसोहाङ लिम्बुको सुमधुर स्वर सुन्न सकिन्छ।  गायक लिम्बुको यो पहिलो गीत हो। यस गीतमा गायिका ममता गुरुङको समेत स्वर सुन्न सकिन्छ।

    यस गीतलाई चर्चित गीतकार डि.पी खनालले लेखेका हुन् भने लोकप्रिय संगीतकार शंकर थापा 'स्माइल'ले संगीतवद्द गरेका हुन्।  विश्व अधिकारीको गीतमा संगीत संयोजन रहेको छ।  म्युजिक भिडियोमा अभिषेक श्रेष्ठ र बिमला लिम्बु बिचको प्रेम कथालाई प्रस्तुत गरिएको छ।  

    बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई दिन्शन शाहले सम्पादन गरेका हुन्।  दीपक तुम्बापो निर्माता रहेको यस भिडियोलाई केशव राज भाटको निर्देशनमा तयार पारिएको हो।  भिडियो 'डी मिङसो म्युजिक' नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।  

    भिडियो लिंक: https://youtu.be/hPdM9ZZiMWk

    प्रकाशित मिति :माघ २४, २०७९ मंगलवार - १८:३६:३२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको