हलेसी तुवाचुङ नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

हलेसी तुवाचुङ नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

रोदिक खबर

२५, माघ २०७९
  • 3.6K
    SHARES
  • हलेसी तुवाचुङ नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा नगर स्तरीय तेश्रो अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारको खेलमैदानमा बुधबारबाट ३० स्वर्ण पदकका लागि प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको प्रतिनिधिसभा सदस्य सरस्वती वजिमयले उद्घाटन गरेको। प्रतियोगितामा छात्राछात्रतर्फ एथलेटिक्सको १३÷१३ स्वर्ण, छात्राछात्र भलिवलमा एक÷एक र छात्राछात्र कबड्डीमा एक÷एक स्वर्ण पदकका लागि खेल हुनेछ ।

    स्वर्ण, रजत, कास्य पदक विजेताले मेडल, प्रमाण पत्र पाउनेछन् । प्रत्येक इभेण्टको छात्राछात्रतर्फ विजेता विद्यालयले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सम्पूर्ण विधामा विजेता विद्यालयलाई रनिङ शिल्ड दिईने सितोरियो करातेका प्रशिक्षक मिलन कसजुले जानकारी दिए ।

    राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गराउन केन्द्रले १ लाख दिने गर्छ । तर, भौगोलिक विकटता तथा महंगीका कारण एक लाखले प्रतियोगिता गराउन संम्भव नभएपछि नगरपालिकाले आन्तरिक श्रोतबाट चार लाख व्यवस्थापन गरी पाँच लाखमा प्रतियोगिता गराउन लागेको हो ।

    सोही बजेटबाट प्रत्येक विद्यालयलाई प्रतियोगितास्थल आउजाउ तथा अन्य व्यवस्थापन खर्च पनि उपलब्ध गराइएको छ । दुरीको आधारमा ३० हजारदेखि ५० हजारसम्म प्रति विद्यालयलाई खर्च उपलब्ध गराईएको नगरपालिकाले जनाएको छ । प्रतियोगिता २७ माघमा सक्ने लक्ष्य राखिएको छ ।

    प्रतियोगिताका स्वर्ण जित्ने खेलाडीले जिल्ला स्तरीय प्रतियोगितामा खेल्न पाउनेछ । जिल्ला स्तरीय प्रतियोगिताको टुंगो लागेके छैन । नगर स्तरीय अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको दोश्रो संस्करणको उपाधि महेन्द्रोदय मावि महादेवस्थान र पहिलो संस्करणको उपाधि दुर्छिम मावि दुर्छिमले उचालेकोे थियो । 

    नगरप्रमसख बिमला राईको अध्यक्षतामा भएको नगर स्तरीय तेश्रो अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य वजिमय, उपप्रमुख रमेशकुमार राउत, नगरभित्रका वडाध्यक्ष,निमित्त प्रमुख प्रशासकीय अधिकृत रविकिरण आचार्य, शिक्षा शाखा संयोजक पदम कार्की, राजनीतिक दल, सहभागी १२ वटा सामुदायिक मावि र एक निजी माविका प्रधानाध्यापक तथा प्रतिनिधि, बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो । 

    marchpass.JPG

    विगत दुई वर्ष गरिएको नगर स्तरीय अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तुलनामा तेश्रो संस्करणमा सत प्रतिशत विद्यालयको उपस्थिति भएको नगरप्रमुख राईले बताइन् । खेलकुदलाई व्यवसायिक रुपमा अघि बढाउन नगरपालिकाले तीनवर्ष अघि फुटबल र करातेको प्रशिक्षक नियुक्ति गरेको थियो ।

    नगरपालिकाको विभिन्न स्थानमा फुटबल र करातेको प्रशिक्षण भइरहेको छ । चालू आर्थिक वर्ष २०७९÷०८० मा एकजना मुवाथाईको पनि प्रशिक्षक नियुक्ति गरिएको नगरप्रमुख राईले बताइन् । 

     

    प्रकाशित मिति :माघ २५, २०७९ बुधवार - २१:२६:१० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको