शिविरको पहिलो दिन २८ जनाको मोतिविन्दुको शल्यक्रिया 

शिविरको पहिलो दिन २८ जनाको मोतिविन्दुको शल्यक्रिया 

रोदिक खबर

३, फाल्गुण २०७९
  • 2.0K
    SHARES
  • शिविरको पहिलो दिन २८ जनाको मोतिविन्दुको शल्यक्रिया 

    खोटाङ । खोटाङको दिक्तेलमा जारी निःशुल्क आँखा शिविरको पहिलो दिन २८ जनाको मोतिविन्दुको शल्यक्रिया  गरिएको छ  । जिल्ला आयुर्वेद अस्पतालको भवनमा मंगलबार ८४ वर्षीया विष्णुमाया आचार्यको आँखा परिक्षण गरेर सुरु गरिएकोे शिविरको पहिलो दिन २८ जनाको मोतिविन्दुको शल्यक्रिया गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताए । नगरप्रमुख भट्टराईका अनुसार ४९५ जनाको परिक्षण गरिएकोमा २८ जनाको शल्यक्रिया र १८७ जनालाई चस्मा वितरण गरिएको छ । 

    सह–प्राध्यापक डाक्टर रन्जु सिटौला (खरेल) को नेतृत्वमा आएको १३ जनाको टोलीले तीन दिनसम्म सञ्चालन हुने शिविरमा करीब १ हजार जनालाई सेवा प्रदान गर्ने लक्ष्य राखिएको शिविरमा कम्तीमा १०० जनाको मोतिविन्दुको शल्यक्रिया गरिने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका जनस्वास्थ्य निरिक्षक खेमराज आचार्यले बताए ।

    शिविर नेपाल नेत्र ज्योति संघ खोटाङको समन्वय, वी.पी. कोइराला लाइन्स आँखा अध्ययन केन्द्र (टिचिङ अस्पताल) को प्राविधिक सहयोग तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मूख्य आयोजनामा भएको जनस्वास्थ्य निरिक्षक आचार्यले बताए ।

    प्रकाशित मिति :फाल्गुण ३, २०७९ बुधवार - १४:०३:१९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको