साहित्यकार तथा पत्रकार श्रीरामलाई विष्णुहेम अक्षरमार्ग बालसाहित्य सम्मान

साहित्यकार तथा पत्रकार श्रीरामलाई विष्णुहेम अक्षरमार्ग बालसाहित्य सम्मान

रोदिक खबर

१६, फाल्गुण २०७९
  • 3.4K
    SHARES
  • साहित्यकार तथा पत्रकार श्रीरामलाई विष्णुहेम अक्षरमार्ग बालसाहित्य सम्मान

    खोटाङ। खोटाङका साहित्यकार तथा पत्रकार श्रीराम राईलाई विष्णुहेम अक्षरमार्ग बालसाहित्य सम्मान प्रदान गरिएको छ । नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा टेवा पुर्‍याउने लक्ष्यका साथ काभ्रेबाट प्रकाशन हुँदैआएको अक्षरमार्ग साहित्यिक त्रैमासिक पत्रिकाले वशन्त काव्यगोष्ठी सम्मान समर्पण तथा पुस्तक बिमोचन कार्यक्रमको अवसर पारेर साहित्यकार एवं पत्रकार राईलाई विष्णुहेम अक्षरमार्ग बालसाहित्य सम्मान प्रदान गरेको हो ।

    नेपाली बालसहित्यको क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै नेपाली बालसाहित्यको विकास र विस्तारमा पुर्‍याएको योगदानको कदर गर्दै राईलाई सम्मान गरिएको अक्षरमार्ग साहित्यिक त्रैमासिक पत्रिकाका प्रकाशकरसम्पादक सूर्यप्रसाद लाकोजूले बताए ।

    अक्षरमार्गले श्रीराम सहित प्राध्यपक डा. विष्णु एस राईलाई विष्णुहेम अक्षरमार्ग वसन्त काव्य सम्मान, ध्रुवनारायण जोन्छेंलाई कमानसिंह तुलसा सिर्जना अक्षरमार्ग सिर्जना सम्मान, सीता विष्टलाई विष्णुसुन्दर अक्षरमार्ग काव्य सम्मान र वसन्त नकर्मीलाई दुर्गाजगत अक्षरमार्ग काव्य सम्मान प्रदान गरेको छ ।

    पनौती साहित्य समाजको सहआयोजना तथा इन्द्रेश्वर क्याम्पसको संयोजनमा भएको कार्यक्रममा श्रृष्टाहरुलाई पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीले सम्मान गरेका थिए । इन्द्रेश्वर क्याम्पस सभाहल, पनौती ७ काभ्रेमा भएको कार्यक्रममा सुभद्रा दाहालको लेखसंग्रह मनको आँखा र मीरा चापागाई पौड्यालको कथा संग्रह देखेको कथा लोकार्पण गरिएको थियो ।

    १० वर्षे शिक्षण पेशा छाडेर २०७२ सालमा काठ्माण्डौं छिरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पाचिउरीडाँडाका श्रीराम साहित्य लेखन र पत्रकारितामा क्रियासिल छन् । बिशेषगरी बालकथामा दख्खल राख्ने राई लघुकथा, हाईकु, मुक्तक, गजल र कवितामा पनि उत्तिकै कहलिएका पात्र हुन् । उनका बाल कथा संग्रह पोलेको मकै २०७८ र टोली नेता २०७४ प्रकाशित छन् ।

    नयाँ लघुकथा प्रकाशोन्मुख रहेको राईले बताए । संयुक्त लघुकथा संग्रह आजका लघुकथा २०७४ मा पाँच वटा र संयोग २०७९ मा उनका तीन वटा लघुकथा समावेश छन् । रावासावा प्राज्ञिक समाज नेपालका सदस्य श्रीराम लघुकथा समाज नेपाल शाखा खोटाङको पहिलो अध्यक्ष पनि हुन् । 

    अक्षरमार्ग साहित्यिक पत्रिकाका सम्पादक सूर्यप्रसाद लाकोजूको अध्यक्षता भएको कार्यक्रममा उर्मिला पन्त, हरिसुन्दर छुका, हरिप्रसाद चौलागाई, संगीता ठाकुर, सरस्वती चिमोरिया, दिलकुमारी डंगोल, ध्रुवकृष्ण ताम्राकार, विकुनारायाण ताम्राकार, शारदा घिमिरे भैलले कविता, गीत, गजल मुत्तक जस्ता आआफ्ना रचना वाचन गरेका थिए।

    प्रकाशित मिति :फाल्गुण १६, २०७९ मंगलवार - १८:२०:४६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको