आइतवार, कार्तिक १६ गते २०८३

खोटाङ–भोजपुर जोड्ने सडक उद्घाटन

खोटाङ–भोजपुर जोड्ने सडक उद्घाटन

रोदिक खबर

१६, फाल्गुण २०७९
  • 2.8K
    SHARES
  • खोटाङ–भोजपुर जोड्ने सडक उद्घाटन

    खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका र भोजपुरको टेम्के मैयुङ गाउँपालिका जोड्ने सडक उद्घाटन गरिएको छ । केपिलासगढी गाउँपालिका–१ फेदी र टेम्के मैयुङ गाउँपालिका–१ तिम्मा जोड्ने फेदी–धोद्रे–भोजपुर सडक उद्घाटन गरिएको हो । फेदीबाट धोद्रे–भोजपुर हुँदै पूर्वी तराई जोड्ने छोटो दुरीको सडक सोमबार केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राई र उपाध्यक्ष गुरुराज राईले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

    गाउँपालिकाका पूर्वअध्यक्ष कृष्णकुमार राईको कार्यकालमा फेदीबाट लामोचौंरसम्म र भोजपुरतर्फबाट धोद्रेको भालु खोलासम्म सडक बनिसकेको अवस्थामा केपिलासगढी गाउँपालिकाले साँढे १० लाख बजेट खर्च गरेर बीचको बाँकी डेढ किलोमिटर खण्ड खनेर सडकलाई जोडिएको हो ।

    भोजपुर हुँदै पूर्वी शहर आउजाउ गर्ने छोटो दुरीको सडक बनेसँगै स्थानीय हर्षित भएको फेदीका वडाध्यक्ष निरकुमार राईले बताए । यस सडकले अन्तर जिल्ला व्यापार, व्यवसायमा टेवा पुग्ने अपेक्षा गरिएको छ । फेदीबाट भोजपुर जोड्ने सडक सञ्जाल विस्तार भएपछि केपिलासगढी गाउँपालिकाका स्थानीयलाई पूर्वी तराई झर्न दिक्तेल–हलेसी सडकभन्दा छिटो र छोटो वाटो खुलेको छ ।

    फेदी–धोद्रे–भोजपुर सडक मार्फत झण्डै दुई घण्टामा भोजपुर पुग्न सकिने वातावरण बनेको गाउँपालिका अध्यक्ष राईले बताए । सडक उद्घाटन कार्यक्रममा खार्ताम्छाका वडाध्यक्ष मिलनकुमार राई, सप्तेश्वरका वडाध्यक्ष हिमालभक्त राई, बासपानीका वडाध्यक्ष तुलाराम राई, वडा सदस्य, स्थानीय लगायतको उपस्थिति रहेको थियो ।

    प्रकाशित मिति :फाल्गुण १६, २०७९ मंगलवार - १८:४८:१६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको