राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवार पौडेललाई मतदान गर्ने नेकपा एसको निर्णय

राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवार पौडेललाई मतदान गर्ने नेकपा एसको निर्णय

रोदिक खबर

१७, फाल्गुण २०७९
  • 1.8K
    SHARES
  • राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवार पौडेललाई मतदान गर्ने नेकपा एसको निर्णय

    राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवार पौडेललाई मतदान गर्ने नेकपा एसको निर्णय नेकपा एकीकृत समाजवादी (एस) ले राष्ट्रपतिको निर्वाचनमा आठ दलीय गठबन्धनका साझा उम्मेदवार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ ।

    बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसका वरिष्ठ नेता पौडेललाई मतदान गर्ने निर्णय गरेको र पार्टीका सांसदहरूलाई निर्देशन गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । उनले सरकारमा जाने विषयमा भने अहिले कुनै छलफल नभएको बताए ।

    ‘राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनभन्दा अगाडि सरकार गठन हुँदैन । अहिले त्यही निर्वाचनमात्रै हो,’ उनले भने, ‘सरकार गठनको विषय त्योभन्दा पछि छलफल गरे हुने विषय हो ।

    हामी सरकारमा सहभागी हुने विषयमा सकारात्मक छौं । तर अहिले त्यस्तो कुनै निर्णय भएको छैन ।’ उनले राष्ट्रपतिको निर्वाचनका विषयमा पार्टीले गरेको निर्णयमा पार्टीभित्र कुनै मतभेद नभएको समेत दाबी गरे ।

    प्रकाशित मिति :फाल्गुण १७, २०७९ बुधवार - १८:४५:०२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको