कोशी प्रदेशमा आज सार्वजनिक विदा

कोशी प्रदेशमा आज सार्वजनिक विदा

रोदिक खबर

१८, फाल्गुण २०७९
  • 2.2K
    SHARES
  • कोशी प्रदेशमा आज सार्वजनिक विदा

     विराटनगर । प्रदेश १ को नाम कोशी राखिएको खुसियालीमा आज प्रदेशभर सार्वजनिक विदा दिइएको छ । मन्त्रिपरिषदको बैठकले फागुन १८ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

    प्रदेशभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थाहरुमा सार्वजनिक विदा दिइएको सूचनामा उल्लेख छ । मन्त्रिपरिषद बैठकले कोशी नामकरणको उपलक्ष्यमा प्रदेशका सबै बासिन्दालाई बधाई पनि दिएको छ । बुधबार बसेको प्रदेश सभा बैठकले प्रदेश १ को नाम कोशी राख्ने निर्णय गरेको थियो । यससँगै नेपालका सातवटै प्रदेशले नाम पाएका छन् ।

    प्रकाशित मिति :फाल्गुण १८, २०७९ बिहिवार - १०:०३:३४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको