'नौडाँडा पारी २' बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक

 'नौडाँडा पारी २' बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक

रोदिक खबर

१९, फाल्गुण २०७९
  • 2.3K
    SHARES
  •  'नौडाँडा पारी २' बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक
    काठमाडौं । लोक शैलीमा आधारित  'नौडाँडा पारी २' बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।  मंगोलियन हार्टका  गायक राजु लामाको स्वरमा सजिएको यस गीतलाई अस्ट्रेलियाको तास्मानिया बसोबास गर्दै आइरहेका लोकप्रिय संगीतकार टिका दहालले संगीतवद्द गरेका हुन्। करिव  ५ वर्ष  अघि दहालकै संगीतमा गायक आगा लामाको स्वरमा 'नौडाँडा पारी १' सार्वजनिक भएको थियो।  

    राहुल प्रधानले  संगीत संयोजन गरेको यस  गीतलाई चर्चित गीतकार रमेश दहालले लेखेका हुन्। भैतिक रुपमा टाढा रहेका २ प्रेमिल जोडीको कथालाई प्रस्तुत गरिएको यस गीतको भिडियोमा अभिनेत्री मल्लिका महत र अनुज गुरुङको अभिनय रहेको छ।  

    चित्लाङ वरपरका रमणीय दृश्य समेटिएको यस गीतको भिडियोलाई बुद्ध थापाले छायाँकन गरेका हुन्।  भिडियोमा बिकाश धमलाको सम्पादन रहेको छ।  निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।  भिडियो 'टिका दहाल म्युजिक' नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।
     
    भिडियो लिंक: https://youtu.be/oy8ZOEP9zyo

    प्रकाशित मिति :फाल्गुण १९, २०७९ शुक्रवार - १९:५८:०९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको