खोटाङमा शिक्षकहरुको जिल्ला स्तरीय एकल ब्याडमिन्टन प्रतियोगिता सुरु 

खोटाङमा शिक्षकहरुको जिल्ला स्तरीय एकल ब्याडमिन्टन प्रतियोगिता सुरु 

रोदिक खबर

२३, फाल्गुण २०७९
  • 2.5K
    SHARES
  • खोटाङमा शिक्षकहरुको जिल्ला स्तरीय एकल ब्याडमिन्टन प्रतियोगिता सुरु 

    खोटाङ । खोटाङमा शिक्षकहरुको जिल्ला स्तरीय एकल ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल पोखरीस्थित सरस्वती आधारभूत विद्यालयको आयोजनामा मंगलबारबाट ब्याडमिन्टन प्रतियोगिता सुरु भएको हो ।

    प्रतियोगिताको नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई र उपप्रमुख विसन राईले उद्घाटन गर्नुभएको हो। प्रमुख भट्टराई र उपप्रमुख राई बीच उद्घाटन खेलसँगै नगरपालिका र उद्योग वाणिज्य संघ खोटाङ बीच मैत्रिपूर्ण खेल भएको थियो । जसमा उद्योग वाणिज्य संघले नगरपालिकाको टिमलाई पराजित गरेको छ ।

    विद्यालयको प्रांगणमा उद्घाटन खेल प्रशाय अन्य खेल माटिकोरे स्थित कबर्ड हलमा सञ्चालन भइरहेको आयोजक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष अजय बस्नेतले जानकारी दिए । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा जम्मा १५ टिमले सहभागी जनाएका छन् ।

    प्रतियोगितामा प्रथम हुनेले नगद ११ हजार २११, दोश्रो हुनेले ७ हजार ७७७ र तेश्रो हुनेले ४ हजार ४४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । 

    प्रकाशित मिति :फाल्गुण २३, २०७९ मंगलवार - २०:०८:५१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको