आइतवार, कार्तिक १६ गते २०८३

सशस्त्र प्रहरीद्वारा ग्याँस सिलिण्डर तथा शरीरमा लागेको आगो निभाउने अभ्यास प्रदर्शन

सशस्त्र प्रहरीद्वारा ग्याँस सिलिण्डर तथा शरीरमा लागेको आगो निभाउने अभ्यास प्रदर्शन

रोदिक खबर

४, चैत्र २०७९
  • 1.7K
    SHARES
  • सशस्त्र प्रहरीद्वारा ग्याँस सिलिण्डर तथा शरीरमा लागेको आगो निभाउने अभ्यास प्रदर्शन

    खोटाङ । सशस्त्र प्रहरीले खोटाङको दिक्तेलबजारमा ग्याँस सिलिण्डरबाट सुरु भएको आगो तथा शरीरमा लागेको आगो निभाउने अभ्यास प्रदर्शन गरेको छ । घरघरमा प्रयोग भइरहेको ग्याँस लिक भएर आगलागीका घट्ना बढिरहेको सन्दर्भमा सशस्त्र प्रहरी बल नेपाल, नम्बर ७ गुल्म हलेसी, खोटाङले दिक्तेलको पुरानो बेस क्याम्पमा आगलागी नियन्त्रण प्रयास सम्वन्धी जनचेतनामुलक अभ्यास प्रदर्शन गरेको हो ।

    सशस्त्र प्रहरीले ग्याँस सिलिण्डरबाट बलेको आगोलाई भिजाएको कम्बलले बेरेर निभाउने तरिका प्रदर्शन गरेर देखाएका थिए । दर्शकका रुपमा उपस्थित स्थानीयलाई पनि सिलिण्डरबाट ग्याँस लिक भएर बलिरहेको आगो निभाउने अभ्यास गराइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गुल्म, हलेसी, खोटाङले दिक्तेलका प्रहरी नायव उपरिक्षक श्याम रावतले बताए ।

    यस्तै, सशस्त्र प्रहरीले आत्मदहको प्रयास गरेका वा अन्य कारणले शरीरमा आगो लागिरहेका अवस्थाका व्यक्तिलाई जोगाउने अभ्यास प्रर्दशन गरेर देखाएको छ । जलिरहेको व्यक्तिलाई भिजेको कम्बलले बेरेर भुईमा सुरक्षित रुपमा सुताएर आगो निभाउनेदेखि प्राथमिक उपचार गरेर स्वास्थ्य संस्था लैजाने विधि बारे प्रदर्शन गरिएको छ ।

    आगो निभाउने विधि सम्वन्धी प्रदर्शनलाई स्थानीय एबं विद्यार्थीले अवलोकन गरेका थिए । ग्याँस सिलिण्डर लिक हुँदा लाग्ने आगो तथा शरीरमा लागेको आगो निभाउने अभ्यासलाई आगामी दिनमा पनि निरन्तरता दिइने सशस्त्र प्रहरी बलका प्रनाउ रावतले बताए ।

    प्रकाशित मिति :चैत्र ४, २०७९ शनिवार - ०८:५४:०७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको