आइतवार, कार्तिक १६ गते २०८३

सवारी दुर्घटना न्युनिकरणका लागि खोटाङमा सवारी चालक सचेतना प्रशिक्षण कार्यक्रम

सवारी दुर्घटना न्युनिकरणका लागि खोटाङमा सवारी चालक सचेतना प्रशिक्षण कार्यक्रम

रोदिक खबर

१०, चैत्र २०७९
  • 1.8K
    SHARES
  • सवारी दुर्घटना न्युनिकरणका लागि खोटाङमा सवारी चालक सचेतना प्रशिक्षण कार्यक्रम

    खोटाङ । खोटाङको दिक्तेलमा सवारी चालक तथा सहचालकहरुका लागि तीन दिने सचेतना प्रशिक्षण कार्यक्रम शुरु गरिएको छ । बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले  जिल्ला ट्राफिक कार्यालय खोटाङ र खोटाङ यातायात प्रालिको सहकार्य तथा जिल्ला प्रहरी कार्यालय खोटाङको आयोजनामा सवारी चालकहरूका लागि सचेतना प्रशिक्षण कार्यक्रम शुरु गरिएको हो ।

    धेरै सवारी चालकहरूलाई सवारी नियम कानुनको विषयमा ज्ञान नभएको हुँदा दुर्घटना हुने जोखिम देखिएकोले दुर्घटना न्युनिकरण तथा सवारी नियमको पालनाका बिषयमा चालकलाई सचेत बनाई जिम्मेवारी बोध गराउन ‘सवारी चालक सचेतना प्रशिक्षण कार्यक्रम’ को आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक मञ्जिल मुकारुङले जानकारी दिए । दुर्घटना बाजा बजाएर नआउने भएकाले सचेतना नै दुर्घटना न्युनिकरणको मुख्य उपाय भएकाले चालकलाई सचेत र जिम्मेवार वनाउनुका साथै यात्रामा सहज वातावरण निर्माण गर्नका लागि कार्यक्रम गरिएको प्रनाउ मुकारुङले बताए । 

    उनीहरुलाई सवारी चालकको दायित्व, नेपालमा सवारी दुर्घटनाको अवस्था, बढी सवारी दुर्घटना हुने कारणहरु, साइड लाइट, ट्राफिक बत्ति, सवारी चलाउँदा प्रयोग गर्ने लेन (बाटो) अनुशासन तथा लेनको प्रयोग, सवारी दुर्घटना सम्बन्धी नियम कानुनको विषयमा जानकारी गराइएको प्रशिक्षण कार्यक्रमको सहजीकरण जिल्ला ट्राफिक कार्यालय खोटाङका प्रमुख प्रहरी सहायक निरीक्षक हिमाल पौडेल लगायतले गरिरहेका छन् । प्रशिक्षण कार्यक्रममा जीव तथा  यात्रुबाहक बस, अटो रिक्सा, टिप्पर, ट्याक्टरका सवारी चालकको उपस्थिति रहेको जनाइएको छ । 

    प्रशिक्षण उद्घाटन कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाइ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका–५ लफ्याङका वडाध्यक्ष दिनेशकुमार घिमिरे, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री, खोटाङ यातायात प्रालिका महासचिव राम हिङमाङ लगायतको उपस्थिति रहेको प्रनाउ मुकारुङले बताए ।

     

    प्रकाशित मिति :चैत्र १०, २०७९ शुक्रवार - २०:३५:३२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको