खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्म्मा गाउँपालिकामा ‘दिप्रुङ चुइचुम्मा पालिका तारा सिजन–२’ शुरु भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको प्रायोजन तथा खोटाङ कलाकार समाजको आयोजनामा गाउँपालिकाभित्र लुकेर रहेका प्रतिभाहरुको खोजी एवम् ती प्रतिभाहरुको प्रस्फुटन तथा प्रोत्साहन गर्ने उद्देश्यका साथ चालू आर्थिक वर्ष २०७९/०८० को वार्षिक बजेटमा समावेश दिप्रुङ चुइचुम्मा गाउँपालिका तारा सिजन–२ आयोजना गरिएको हो ।
गायनको अडिसनमा ३९ प्रतिस्पर्धीहरुमध्ये १६ जना छनोटमा परेका छन् । छनोटमा पर्नेहरु क्रमशः संग्राम राई, प्रदिप राई, देउराज राई, रमेश खड्का, रेशम भुजेल, भुपेन्द्र मगर, सुवाश मगर, योजन मगर, रामबाबु मगर, दिलीप राई, बबिना राई, दीव्यप्रताप, ज्ञान्दिप राई, ज्ञानदीप परियार, भविन्द्र राई र तुलश राई रहेका छन् ।
प्रतियोगिताको प्रथम पुरस्कार एक लाख नगद, ट्रफी र एउटा गीत रेकर्ड, द्वित्तीय पुरस्कार ६० हजार नगद र ट्रफी, तृतीय पुरस्कार ३५ हजार नगद र ट्रफी पुरस्कार रहेको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले जानकारी दिए ।
गाउँपालिकाको कार्यालयमा आयोजना गरिएको प्रतियोगितामा १३ जना सहभागीमध्ये छ जना फाईनल चरणमा छनोट भएका छन् । मनिता राई, मेरिना मगर, अल्बिना तामाङ, कुशुम तामाङ, सपना तामाङ र निरज राई फाइनल चरणका लागि छनोटमा परेका हुन् ।
भोलि आइतबार गायिका मेलिना राईको विशेष प्रस्तुति एवम् राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतिसँगै फाईनल राउण्ड सम्पन्न हुने जनाइएको छ । कार्यक्रममा खोटाङ कलाकार समाजको आयोजनामा नृत्य प्रतियोगिता समेत सञ्चालन भएको छ ।