आइतवार, कार्तिक १६ गते २०८३

करारका कर्मचारी हटाइएको विरोधमा आयुर्वेद स्वास्थ्य केन्द्रमा धर्ना

करारका कर्मचारी हटाइएको विरोधमा आयुर्वेद स्वास्थ्य केन्द्रमा धर्ना

रोदिक खबर

१२, बैशाख २०८०
  • 1.9K
    SHARES
  • करारका कर्मचारी हटाइएको विरोधमा आयुर्वेद स्वास्थ्य केन्द्रमा धर्ना

    करारका तीन कर्मचारीलाई मनोमानी तरिकाले हटाएको बिरोधमा स्थानीयले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङमा धर्ना दिएका छन् । आयुर्वेद स्वास्थ्य केन्द्र्र खोटाङका प्रमुख डा. उमेश मेहताले कार्यालय सहयोगी दुर्गाप्रसाद आचार्य, ल्याब टेक्नेसियन उर्मिला बस्नेत र पुरुष थेरापी नवीन आचार्यलाई हटाएको भन्दै स्थानीय फूलबारी आमा समुहले मंगलबार प्रवेशद्धारमा बसेर धर्ना दिएका हुन् ।

    तीन कर्मचारीको करार अवधि नवीकरण गर्नुको सट्टा बिनाकारण हटाइएको दावी गर्दै शर्मिला आचार्य नेतृत्वको स्थानीय महिलाले कर्मचारीलाई कार्यालयभित्र प्रवेशमा रोक लगाएर धर्ना दिएका थिए । धर्ना लगत्तै कार्यालयमा ताला लगाउने स्थानीयको प्रयास भने प्रहरीले असफल बनाइदिएको छ । समस्यका विषयमा बुधबार छलफल गर्ने सहमतीमा स्थानीय धर्नाबाट फिर्ता भएका छन् ।

    सेवाबाट हटाइएका कर्मचारीको करार अवधि नवीकरण नभएसम्म आन्दोलन जारी राख्ने आमा समुहले जनाएको छ । २०७१ असोज १७ गते करारमा कार्यालय सहयोगीको नियुक्ती पाएका दुर्गाप्रसादलाई डा. मेहताले शारीरिक रुपमा काम गर्न नसकेको भन्दै गत माघ १ गतेदेखि हाजिर गर्न दिएका छैनन् ।

    यस्तै,ल्याब टेक्नेसियन उर्मिलालाई सुत्केरी भएर कार्यालयमा फर्कदा हाजिर गर्न रोक लगाइएको हो । सुत्केरी हुनका लागि गत असोज ९ गतेदेखि बिदामा गएकी उर्मिलाले पुस ११ गतेदेखि माघ २४ गतेसम्म कार्यालय जाँदा हाजिर नगराएको बताएकी छन् । उनी २०७७ चैतदेखि आयुर्वेद स्वास्थ्य केन्द्र्रमा ल्याब टेक्नेसियनका रुपमा कार्यरत थिईन् ।

    चार वर्षदेखि पुरुष थेरापीका रुपमा कार्यरत नविनलाई भने उपचारका लागि अस्पताल गएर काममा फर्कदा हाजिर गर्न नदिइएको हो । हाल उपचारमै रहेका नबिनलाई गत साउनदेखि सेवाबाट हटाइएको हो । कार्यालय प्रमुखले हाजिर हुन नदिइएपछि विपन्न परिवारका कार्यालय सहयोगी दुर्गाप्रसादले जागीर बचाइदिनका लागि कर्मचारीको विभिन्न पेशागत संगठनदेखि पत्रकारलाई गुहारिरहेका छन् ।

    कार्यालय प्रमुख डा. मेहताले करारमा रहेका कार्यालय सहयोगी आचार्य, ल्याब टेक्नेसियन बस्नेत र पुरुष थेरापी आचार्यको कार्यसम्पादन चित्तबुझ्दो नभएकाले हटाएको प्रतिक्रिया दिएका छन् । डा. मेहता २०७८ फागुनमा कार्यालय प्रमुख बनेर जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र्रमा आएका थिए ।

    मेहताले आफु अनुकुलको मान्छे राख्ने तयारी गरेर मन नपरेका करारका कर्मचारीलाई हटाएको धर्नामा सहभागी टंकप्रसाद आचार्यले बताए । डा. मेहताले ऐसेलुखर्कमा कार्यरत सीता यादव र दिक्तेलमा कार्यरत भीमप्रसाद कोइरालाको भने सट्टा भर्ना गरेका छन् । मेहताले आफ्नो अनुकुलका लागि करारमा कार्यरत यादव र कोईरालाको सट्टा भर्ना गरेको बताइएको छ ।

    प्रकाशित मिति :बैशाख १२, २०८० मंगलवार - १९:३१:१८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको