इन्सेकद्वारा पत्रकार आचार्यलाई आर्थिक सहयोग

इन्सेकद्वारा पत्रकार आचार्यलाई आर्थिक सहयोग

रोदिक खबर

२, जेठ २०८०
  • 9.7K
    SHARES
  • इन्सेकद्वारा पत्रकार आचार्यलाई आर्थिक सहयोग

    अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) खोटाङले पत्रकार बद्री आचार्यलाई आर्थिक सहयोग गरेको छ । लामो समयदेखि स्वास्थ्यमा समस्या आई जिल्ला अस्पताल दिक्तेलमा उपचारपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा रहेको बहिनीको घरमा आराम गरिरहेका पत्रकार आचार्यलाई नेपाल पत्रकार महासंघ खोटाङको समन्वयमा इन्सेकले उपचार खर्चका लागि सोमवार १० हजार सहयोग गरेको हो ।

    पत्रकार महासंघ खोटाङ शाखाका साधारण सदस्य तथा खोटाङपोष्ट साप्ताहिक पत्रिकाका प्रधान सम्पादक रहेका आचार्यलाई उक्त रकमको चेक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले हस्तान्तरण गरेका हुन् । 

    रकम हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य हरिवोल आचार्य, नेकपा एमाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका अध्यक्ष गोपालचन्द्र आचार्य, राष्ट्रिय मानव अधिकार आयोग शाखा कार्यालय खोटाङका भीमसेन थापा, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) खोटाङका प्रतिनिधि तारानाथ फुयाल, पत्रकार राजन ठटाल लगायतको उपस्थिति रहेको थियो । 

    प्रकाशित मिति :जेठ २, २०८० मंगलवार - ०७:५२:४९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको