रक्तदान तथा बिरामीलाई फलफुल वितरण

रक्तदान तथा बिरामीलाई फलफुल वितरण

रोदिक खबर

२, जेठ २०८०
  • 7.7K
    SHARES
  • रक्तदान तथा बिरामीलाई फलफुल वितरण

    राष्ट्रिय युवा संघ नेपाल खोटाङले जिल्ला अस्पताल दिक्तेलमा रक्तदान तथा अस्पतालमा भर्ना भएका बिरामीलाई फलफूल वितरण गरेको छ । आफ्नो ३४ औँ स्थापना दिवसको अवसरमा राष्ट्रिय युवा संघ नेपाल खोटाङले रुक्तदान तथा अस्पतालका बिरामीलाई फलफुल वितरण गरेको हो ।

    4.jpgजिल्ला अस्पतालको अन्तरंग विभाग तथा आकस्मिक विभागमा भर्ना भएका बिरामीलाई फलफूल वितरण गरिएको राष्ट्रिय युवा संघ नेपाल खोटाङका अध्यक्ष रोशन राई बताए । बिरामीहरुको स्वास्थ्य लाभको कामना सहित उनीहरुलाई फलफुल बितरण गरिएको राईले बताए ।

    3.jpg

    नेकपा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगाल, सचिव कुमार आचार्य, सचिवालय सदस्य विणादेवि राई, सचिवालय सदस्य दिनेश राई, राष्ट्रिय युवा संघ नेपाल खोटाङका अध्यक्ष राई, युवा संघ सचिव विज्ञान राई लगायतको टोलीले अस्पतालमै पुगी बिरामीहरुलाई फलफुल वितरण गरेका हुन ।

    1.jpg

    यस्तै, सोही अवशरमा ५ जनाले रक्तदान समेत गरेका छन । 

    bi.jpg

    प्रकाशित मिति :जेठ २, २०८० मंगलवार - ०८:५४:०२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको