खोटाङमा कोभिड विरुद्धको बुस्टर डोज खोप लगाईने 

 खोटाङमा कोभिड विरुद्धको बुस्टर डोज खोप लगाईने 

रोदिक खबर

२, जेठ २०८०
  • 6.7K
    SHARES
  •  खोटाङमा कोभिड विरुद्धको बुस्टर डोज खोप लगाईने 

    खोटाङ । खोटाङमा कोभिड विरुद्धको बुस्टर डोज खोप लगाईने भएको छ। कोभिड-१९ खोप समन्वय समितिको सोमबार जिल्ला प्रशासन कार्यालय खोटाङमा बसेको बैठकले कोभिड विरुद्धको कुनै पनि दुबै खोपको मात्रा लगाई ६ महिना कटेकाहरुलाई फाइजर वायोन्टिक वायोभ्यालेण्ट नामक खोप बुस्टरका रुपमा दिने निर्णय गरेको हो ।

    जिल्लाको दुई नगरपालिका र आठ गाउँपालिका गरी लगभग २५० खोप केन्द्रमार्फत ५ देखि ७ जेठसम्म १४ हजार ३४० जनालाई बुस्टर डोज खोप लगाईने लक्ष्य राखिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए ।

    यो बुस्टर डोज खोप लगाउन छुटेका ५५ वर्षमाथिका सबै नागरिक, स्वास्थ्यकर्मी, माहेला स्वास्थ्य स्वयंमसेविका, १२ वर्षमाथिका दिर्घरोगी र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुलाई लगाइने छ। गत २४ चैतबाट १९ बैशाखसम्म ६ हजार जनालाइ यहि खोप बुस्टरका रुपमा दिईएको थियो।

    प्रकाशित मिति :जेठ २, २०८० मंगलवार - १३:०९:४३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको