दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा 

रोदिक खबर

४, जेठ २०८०
  • 8.8K
    SHARES
  • दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा 

    खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको छ । खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि कार्यक्रमका प्रमुख अतिथि एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले व्यानर पढेर तथा प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेर नगरपालिकालाई बिहिबार पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरेका हुन् ।  

    1.jpgराष्ट्रिय खोप तालिका अनुसार नगरका १५ ओटै वडाका खोप लगाउने उमेर समूहका ३ सय ८४ जना बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको जनस्वास्थ्य निरिक्षक खेमराज आचार्यले जानकारी दिए । 

    प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समितिले पालिकालाई बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको जनस्वास्थ्य निरिक्षक आचार्यले बताए ।

    अन्तिम खोप लगाउन छुटेको भेटिएका बाम्राङका तीन जना बालबालिकालाई पनि खोप लगाइएको छ । यस्तै, १६ महिनासम्म कुनै खोप नलगाएको खार्मीमा एक बच्चा भेटिएका थिए । उनलाई पनि पूरा खोप लगाइएको आचार्यले बताए । नगरपालिकाभित्रका सबै बालबालिकाले खोप लगाएको सुनिश्चितता भएपछि स्वास्थ्य कार्यालय खोटाङले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरेको हो । 

    purna khop1.jpg

    यस्तै, आगामी वर्षमा पनि सबै बालबालिकालाई खोपको मात्रा पूरा गर्ने, कसैलाई नछुटाउने प्रतिबद्धतासहित हस्ताक्षर गरिएको छ ।

    prati.jpgनगरपालिकालाई पूर्ण खोप सुनिश्चितता कार्यक्रमलाई सफल बनाउन योगदान पु¥याएका सबै वडाका खोप लगाउने स्वास्थ्यकर्मी र नगरपालिकाका २ जना स्वयंसेविकालाई प्रशंसापत्रसहित सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।

    यो वर्ष हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँगै साकेला र बराहपोखरी गाउँपालिकाले सुनिश्चितता घोषणा पालिका गरिसकेका छन् । बाकी रहेका ७ स्थानीय तहले घोषणा गरेपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिने स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्य प्रसाद सिग्देलले बताए । खोटाङलाई २०७४ पुस १४ गते ३१ औं पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो । ७४ पश्चात हरेक वर्ष पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिदै आएको छ । 

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईको सभापतित्वमा पूर्ण खोप सुनिश्चितता नगर घोषणा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेडाई, नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि डिल्लीकुमारी आचार्य, नेकपा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगाल, नेकपा माओवादी केन्द्र खोटाङका सचिव जीवन राई ‘संगीन’,नेकपा एकीकृत समाजवादी खोटाङका अध्यक्ष जलशेर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राई, जनप्रतिनिधि,विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको नगरले जनाएको छ । 

     

    प्रकाशित मिति :जेठ ४, २०८० बिहिवार - २०:२४:५० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको