१४ वर्ष पछि सार्वजनिक भयो 'तिमीले साथ'को आधिकारिक भिडियो

१४ वर्ष पछि सार्वजनिक भयो 'तिमीले साथ'को आधिकारिक भिडियो

रोदिक खबर

६, जेठ २०८०
  • 12.9K
    SHARES
  • १४ वर्ष पछि सार्वजनिक भयो 'तिमीले साथ'को आधिकारिक भिडियो
    काठमाडौं । करिव १ दशक अघि एफएम रेडियोमा  सर्वाधिक बजेको र धेरै सोर्ताको मनमुटुमा बस्न सफल गीत 'तिमीले साथ' को अफिसिएल म्युजिक भिडियो सहित यस गीतका गीतकार डेकेन्द्र श्रेष्ठको आधिकारिक युट्युव च्यानल 'डेकेन्द्र श्रेष्ठ प्रडक्सन' मार्फत सार्वजनिक भएको छ।

    त्यति बेलाको म्युजिक एण्ड एक्सरे ब्याण्डका गायक  जितेन लेप्चाको गीतमा स्वर र संगीत रहेको छ। एल्वम 'फरक'मा समावेश यस गीतलाई  रन्जना अडियो क्यासेटले उत्पादन गरेको थियो। गीतले त्यति बेलाको थुप्रै म्युजिक अवार्डहरु समेत प्राप्त गरेको थियो।  पुरुषोतम श्रेष्ठले छायाँकन गरेको भिडियोमा सारा गुरुङ र सुमन लामाको अभिनय रहेको छ।

    बिजेन्द्र गुरुङले सम्पादन गरेको भिडियोमा  राजिव शर्माको निर्देशन रहेको छ।  केहि वर्ष अघि गायक लेप्चाले समेत यो गीतलाई नयाँ संगीत संयोजन सहित सार्वजनिक गरिसकेका छन्।  यो गीत आज पनि दर्शक स्रोतामाझ उत्तिकै लोकप्रिय छ। 
     
    भिडियो लिंक: https://youtu.be/oW7lEXsNtoQ 

    प्रकाशित मिति :जेठ ६, २०८० शनिवार - १४:५७:३८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको