शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

रेशम चौधरीसहित ४८२ जनाको कैद सजाय माफी

रेशम चौधरीसहित ४८२ जनाको कैद सजाय माफी

रोदिक खबर

१४, जेठ २०८०
  • 6.9K
    SHARES
  • रेशम चौधरीसहित ४८२ जनाको कैद सजाय माफी

    खोटाङ । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा टीकापुर घटनामा संलग्न रेशम चौधरीसमेत ४८२ जनाको कैद सजाय माफी गरेका छन् । आइतबार साँझ राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गर्दै ४८२ जनाको कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफी भएको जानकारी दिएका छन् ।

    आइतबारमात्रै मन्त्रिरिषदको बैठकले चौधरीको सजाय माफी गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो । मन्त्रिपरिषदको सिफारिसमा सोमबारदेखि लागु हुनेगरी रमेश थलङ भन्ने हेमबहादुरसमेत ४७५ र जेष्ठ नागरिक उदयनारायण गिरीसमेत सात जना गरी कुल ४८२ को कैद भुक्तान हुन बाँकी सजाय माफी भएको हो ।

    newskarkahna-news515650.-1-scaled.webp

    प्रकाशित मिति :जेठ १४, २०८० आइतवार - २१:०४:५९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको