शुक्रवार, भाद्र २६ गते २०८३

खोटाङका विद्यालय र क्याम्पसमा विद्युतीय सचेतना कार्यक्रम

खोटाङका विद्यालय र क्याम्पसमा विद्युतीय सचेतना कार्यक्रम

रोदिक खबर

१८, जेठ २०८०
  • 12.4K
    SHARES
  • खोटाङका विद्यालय र क्याम्पसमा विद्युतीय सचेतना कार्यक्रम

    खोटाङमा विद्युतीय दुर्घट्नाबाट बच्न र किफायती ढंगबाट विद्युत प्रयोग गर्न विद्यालय र क्याम्पसमा विद्युतीय  सचेतना कार्यक्रम गरिएको छ । नेपाल विद्युत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना अन्तर्गत सामाजिक सुरक्षण तथा वातावरण व्यवस्थापन विभाग काठमाण्डौको आयोजनामा ‘लैङगिक समानता र सामाजिक समावेशीकरण एवंम् विद्युतीय सचेतना’ कार्यक्रम गरिएको हो ।

    बिहीबार बिहान दिक्तेल बहुमुखी क्याम्पसमा गरिएको विद्युतीय  सचेतना कार्यक्रममा क्याम्पस सञ्चालक समिति, प्राध्यापक र विधार्थीहरुको सहभागिता थियो । सहभागीहरुलाई विद्युतीय सुरक्षा, चुहावट नियन्त्रण र किफायती ढंगबाट विद्युतको अधिकतम उपयोग सम्बन्धी हाते ब्रसर र क्यालेण्डर वितरण गरिएको थियो । 

    सहभागीहरुलाई विद्युतीय  जोखिम र विद्युतबाट गर्न सकिने कामका विषयमा छोटो भिडियो पनि प्रदर्शन गरिएको थियो । कार्यक्रममा सहभागीलाई सहायक मीता आचार्य र सहायक कम्प्युटर अधिकृत गणेश सुवेदीले संम्भावित विद्युतीय दुर्घट्ना र यसबाट सुरक्षित हुने उपायका बारेमा प्रस्तुती दिएका थिए ।

    कार्यक्रममा दिक्तेल बहुमुखी क्याम्पस प्रमुख हिराकुमार राईले गुणस्तरीय विद्युत सेवा पाउनुपर्ने बताए । जिल्लामा २÷२ मिनेटमा विद्युत जाँदा काममा ढिलाई तथा विद्युतीय  उपकरणहरुमा क्षति पुगिरहेकाले गुणस्तरीय विद्युतसेवा दिन आग्रह गरेका हुन् ।

    विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले सुरक्षित तवरले विद्युतको प्रयोग गर्न आग्रह गरेका छन् । उदयपुरबाट जंगल तथा भिरालो जमिन हुँदै ७० किलोमिटर लामो दुरीमा जिल्लामा विधुत ल्याईएकाले बेलाबेलामा विद्युत जाने समस्या समाधानमा जोडदार रुपमा लागिरहेको बताए ।

    केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित पृथ्बी मावि बाक्सिलामा पनि हिजो बुधबार विद्युतीय सचेतना कार्यक्रम गरिएको दिक्तेल वितरण केन्द्र प्रमुख रेग्मीले बताए ।

    प्रकाशित मिति :जेठ १८, २०८० बिहिवार - २१:४७:५३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको