१६ आमा समूहलाई एक लाखका दरले बिउँपुजी वितरण

१६ आमा समूहलाई एक लाखका दरले बिउँपुजी वितरण

रोदिक खबर

१०, आषाढ २०८०
  • 9.4K
    SHARES
  • १६ आमा समूहलाई एक लाखका दरले  बिउँपुजी वितरण

    खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले एक लाखका दरले १६ वटा आमा समूहलाई बिउँपुजी घुम्तीकोष वितरण गरेको छ ।शनिबार नगरपालिकाको सभाहलमा आमा समूहहरुसँग बिउँपुजीका विषयमा व्यापक अन्तरक्रिया गरेर बिउँपूजी घुम्तीकोष रकमको चेक नगरप्रमुख बिमला राई, उपप्राुख रमेशकुमार राउत लगायतले आमा समूहहरुलाई हस्तान्तरण गरेको हो ।

    नगरपालिकाले जनजागृति आमा समूह राजापानी, अजम्बरी महिला विकास समूह राजापानी, एकता स्वास्थ्य महिला आमा समूह धितुङ, महालक्ष्मी आमा समूह वाहुनीडाँडा र जनसंक्रियबाबरी आमा समूह सल्लेलाई बिउँपूजी घुम्ती कोषको चेक हस्तान्तरण गरेको महिला तथा बालबालिका शाखा प्रमुख समिक्षा आचार्यले जानकारी दिए ।

    आचार्यका अनुसार दुधकोशी आमा समूह मंगलटार, सिर्जनशील आमा समूह डिकुवा, लालीगुराँस आमा समूह डिकुवा, गैरी सुनकोशी आमा समूहधितुङ, गैरीटोल आमा समूह च्यास्मिटार, परिवर्तन आमा समूह धितुङ, एकिकृत रानीबुङ आमा समूह दुर्छिम, सुरक्षित मातृत्व आमा समूह दुर्छिम, जन्मभूमि आमा समूह वडहरे, अजम्बरी महिला कृषक समूह अर्खौले र गदावारी आमा समूह दुर्छिमलाई बिउँपुजी घुम्ती कोषको चेक हस्तान्तरण गरिएको छ ।

    बिउँपुजी घुम्तीकोष पाएका आमा समूहले समूहका सदस्यहरुमा कर्जाका रुपमा उक्त कोष परिचालन गर्नेछन् । उत्पादनमूलक र आयआर्जनलाई जोडेर कर्जाका रुपमा बिउँपुजी घुम्तीकोष परिचानल हुन्छ । आचार्यले भनिन् ।

    महिलाहरुलाई उत्पादन, जीविकोपार्जन, आत्मनिर्भर र क्षमताविकासमा अब्बल बनाउने उद्देश्यले बिउँपुजी घुम्तीकोष हस्तान्तरण गरिएको नगरप्रमुख राईले बताइन् । नगरपालिकाले हालसम्म ५० वटा आमा समूहलाई बिउँपुजी रकम हस्तान्तरण गरिसकेको छ ।

    प्रकाशित मिति :आषाढ १०, २०८० आइतवार - ११:२०:२६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको