‘तिमी नमर्नु है’ आधुनिक गीत सार्वजनिक

‘तिमी नमर्नु है’ आधुनिक गीत सार्वजनिक

रोदिक खबर

१८, आषाढ २०८०
  • 9.6K
    SHARES
  • ‘तिमी नमर्नु है’ आधुनिक गीत सार्वजनिक
    काठमाडौं । बविना भट्टराईको स्वर तथा संगीतमा रहेको ‘तिमी नमर्नु है’ आधुनिक गीत सार्वजनिक भएको छ । रामदेव पाण्डेको शब्द रचनामा गीत तयार गरिएको हो । सञ्जय श्रीपालको एरेन्ज, मिक्सिङ, मास्टरिङ रहेको गीतलाई मुर्चुङ्गा स्टुडियोमा रेकडिङ गरिएको हो ।
     
    गीतलाई गायिका बविनाको युटुव च्यानल मार्फत हेर्न सकिन्छ । जीवनमा आइपर्ने हरेक अप्ठयाराहरुलाई सहजरुपमा लिई एकपटक पाइने अमूल्य जीवनलाई सार्थक बनाउन सकिने उद्घोष रचनाकार पाण्डेको छ । प्रेम र विछोडलाई भावनात्मक रुपमा चित्रण गरेर गीतमा प्रस्तुत गरिएको छ। गीतमा मिलन र बिछोडमा हुने मानवीय कृयाकलापलाई उजागर गरिएको छ ।
     
    माया प्रेममा परेका प्रेमिल जोडीहरु विछोडिदा अप्रिय घटनाहरु भैरहेका घटनालाई गीतमा चित्रण गरिएको छ । बुद्ध थापाकोे छायाँकन, सरोज रञ्जितकारको सम्पादन तथा केशव भट्टले निर्देशन भिडियोमा गरेका छन्। गीतको भिडियोमा बविनालाई देख्न सकिन्छ ।
     
     
     
     
     
    Enter
     

    Pawan

    प्रकाशित मिति :आषाढ १८, २०८० सोमवार - १३:१४:१६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको