कीर्तिमानी रोनाल्डोः क्रिष्टियानो रोनाल्डोले खेल जीवनको महत्वपूर्ण आँकडा पार गरे

कीर्तिमानी रोनाल्डोः क्रिष्टियानो रोनाल्डोले खेल जीवनको महत्वपूर्ण आँकडा पार गरे

रोदिक खबर

२४, भाद्र २०७७
  • 4.7K
    SHARES
  • कीर्तिमानी रोनाल्डोः क्रिष्टियानो रोनाल्डोले खेल जीवनको महत्वपूर्ण आँकडा पार गरे

    क्रिष्टियानो रोनाल्डोले खेल जीवनको महत्वपूर्ण आँकडा पार गरेका छन् । उनी पुरुष फुटबलमा राष्ट्रिय टिमबाट १०० गोल गर्ने र सो आँकडा पार गर्ने पहिलो युरोपियन खेलाडी बनेका छन् । गएको नोभेम्बरमा पोर्चुगलका लागि ९९ औँ गोल गरेका रोनाल्डोले मंगलबार राति १०० औँ र १०१ औँ गोल गरे ।

    युरोपियन नेशन्स लिग अन्तर्गत मंगलबार राति भएको समूह ए थ्रीको खेलमा साबिक विजेता पोर्चुगलले स्वीडेनलाई २–० ले पराजित गर्दा दुवै गोल रोनाल्डोले गरेका हुन् ।

    ४४ औँ मिनेटमा गुस्ताभ स्भेन्सन दोहोरो पहेँलो कार्डा पाएर मैदानबाट बाहिरिएपछि स्वीडेन १० खेलाडीमा सीमित भयो ।३५ वर्षे रोनाल्डोले ४५ औँ मिनेटमा पोर्चुगलका लागि गोल गरी १–० को अग्रता दिलाए । सो गोल उनको खेल जीवनमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा १०० औँ गोल थियो ।

    रोनाल्डोले फ्रि–किक मार्फत सुन्दर गोल गरेर कीर्तिमानी आँकडा पूरा गरेका हुन् । उनले खेल जीवनमा अहिलेसम्म ५७ पटक फ्रि–किक मार्फत गोल गरेकोमा १० वटा पोर्चुगलका लागि छ ।

    गोल गरेर कीर्तिमानसहित टिमलाई अग्रता दिलाएका रोनाल्डोले ७२ औँ मिनेटमा पुनः सुन्दर गोल गरी गोल संख्या १०१ पु¥याए भने पोर्चुगलको २–० को जित पनि निश्चित गरे । दोस्रो गोलका लागि रोनाल्डोलाई सेकेइराले सहयोग गरेका हुन् ।८१ औँ मिनेटमा मैदानबाट बाहिरिएका रोनाल्डो विश्वकै सर्वाधिक गोलकर्ता बन्नबाट ८ गोल मात्रै पछि छन् । इरानका अलि दाइ एक मात्र ती खेलाडी हुन् जसले अन्तर्राष्ट्रिय फुटबलमा १०९ गोल गरेका छन् । उनले १९९३ देखि २००६ को बिचमा इरानका लागि ती गोल गरेका हुन् ।

    अन्तर्राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने हाल सक्रिय रहेका खेलाडीमा रोनाल्डो बाहेक भारतका सुनिल क्षेत्री जसले ७२ गोल गरेका छन् भने अर्जेन्टिनाका लियोनल मेस्सी हुन्, जसले ७० गोल गरेका छन् ।

    रोनाल्डोले अन्तर्राष्ट्रिय टिमबाट गरेका झण्डै ५० प्रतिशत अर्थात ४९ गोल उनी ३० वर्ष भएयता गरेका छन् । रोनाल्डोले पछिल्लो ४७ खेलमा पोर्चुगलका लागि ४९ गोल गरेका हुन् ।

    प्रकाशित मिति :भाद्र २४, २०७७ बुधवार - ०९:२६:४० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको