कोशीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

कोशीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

रोदिक खबर

२१, आषाढ २०८०
  • 9.6K
    SHARES
  • कोशीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

     विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । थापाले प्रदेशसभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भन्दै बिहीबार साँझ प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

    थापाले आफ्नो दलका २९ प्रदेशसभा सदस्य, माओवादी केन्द्रका १२ जना, नेकपा एकीकृत समाजवादीका ४ जना, जनता समाजवादी पार्टीका १ जना र सभामुख बाबुराम गौतमको आफूलाई समर्थन रहेको भन्दै दाबी पेश गरेका थिए । 

    प्रकाशित मिति :आषाढ २१, २०८० बिहिवार - २०:३९:१२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको