शुक्रवार, भाद्र २६ गते २०८३

शाखा अधिकृतको पहिलो चरणको परीक्षाको नतिजा सार्वजनिक

शाखा अधिकृतको पहिलो चरणको परीक्षाको नतिजा सार्वजनिक

रोदिक खबर

२६, आषाढ २०८०
  • 13.5K
    SHARES
  • शाखा अधिकृतको पहिलो चरणको परीक्षाको नतिजा सार्वजनिक

    खोटाङ । लोक सेवा आयोगले शाखा अधिकृत पदका लागि लिएको पहिलो चरणको परीक्षाको नतिजा सार्वजनिक भएको छ । आयोगले यही असार १६ गते लिएको लिखित परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो ।

    आयोगका अनुसार पहिलो चरणको परीक्षामा सहभागी भएका १५ हजार ९८४ जना परीक्षार्थीहरुमध्ये ५ हजार ९६७ जना पास भएका छन् । १० जना परीक्षार्थीको परीक्षा भने उत्तरपुस्तिकामा की उल्लेख नगरेकाले रद्द भएको आयोगले जनाएको छ ।

    पहिलो चरणमा पास भएकाहरु साउन २५ गते हुने दोस्रो चरणको परीक्षामा सहभागी हुन पाउनेछन् । दोस्रो चरणको परीक्षामा छनोट भएकाहरुले साविककै प्रवेशपत्रबाट आयोगका धनकुटा, जलेश्वर, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत, र दिपायल कार्यालयहरुले तोक्ने परीक्षा केन्द्रमा मात्र सहभागी हुन पाउने छन् ।

    हेर्नुहोस् शाखा अधिकृतको पहिलो चरणको परीक्षाको नतिजा

    प्रकाशित मिति :आषाढ २६, २०८० मंगलवार - २०:५०:२६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको