सुनको भाउ तोलामै ८०० घट्यो

सुनको भाउ तोलामै ८०० घट्यो

रोदिक खबर

५, श्रावण २०८०
  • 10.2K
    SHARES
  • सुनको भाउ तोलामै ८०० घट्यो

    काठमाडौं । बिहीबार रेकर्ड राखेको सुनको मूल्य शुक्रबार भने प्रतितोला ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको कारोबार प्रतितोला १ लाख १२ हजार ८ सय रुपैयाँमा भइरहेको छ । बिहीबार १ लाख १३ हजार ६ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । जुन नेपालमा अहिलेसम्मकै उच्च मूलय थियो । शुक्रबार तेजावी सुनको कारोबार प्रतितोला १ लाख १२ हजार २५० रुपैयाँमा भइरहेको छ ।

    चाँदीको कारोबार १४ सय ८० रुपैयाँमा भइरहेको छ । शुक्रबारको तुलनामा चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ कम हो । नयाँ आर्थिक वर्ष सुरु भएयता लगातार बढिरहेको सुन चाँदीको मूल्यमा शुक्रबार ब्रेक लागेको हो । सरकारले यस आवबाट सुनका गहनामा विलासिता कर थप गरेको छ ।

    प्रकाशित मिति :श्रावण ५, २०८० शुक्रवार - १२:०६:३८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको