शनिवार, कार्तिक १५ गते २०८३

  • ट्रेण्डिङ:

खोटाङमा बजार गएकी महिला बाटोमा मृत फेला

खोटाङमा बजार गएकी महिला बाटोमा मृत फेला

रोदिक खबर

८, श्रावण २०८०
  • 11.7K
    SHARES
  • खोटाङमा बजार गएकी महिला बाटोमा मृत  फेला

    खोटाङ। खोटाङको ऐसेलुखर्क गाउँपालिका-३ ऐसेलुखर्क बजार गएकी महिला बाटोमा मृत अवस्थामा फेला परेकी छिन् । शनिबार साप्ताहिक हाट भर्न घरबाट हिडेकी ऐसेलुखर्क गाउँपालिका-४ जलेश्वरीकी करीब ४५ वर्षीया मेगमाया तामाङ मृत अवस्थामा भेटिएकी हुन् ।

    बजारबाट अपरान्ह ५ बजेसम्म घर नफर्किएपछि परिवार र आफन्तले उनको खोजी गरेका थिए । बाटोमा खोजतलासी गर्दै जाँदा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

    बाटो भन्दा करीब ५ सय मिटर तल कटुञ्जे खोला भित्र ढुंगामा अड्किएको अवस्थामा लास भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी बेनुकुमार कार्कीले जानकारी दिए ।

    मृत अवस्थामा भेटिएकी तामाङ बाटोमा हिड्दै गर्दा चिप्लिएर लडेको हुन सक्ने प्रहरीको अनुमान छ । मृत तामाङको पोस्टमार्टम गरेर परिवारलाई बुझाइएको प्रहरी निरीक्षक कार्कीको भनाइ छ ।

    प्रकाशित मिति :श्रावण ८, २०८० सोमवार - ०९:१२:०४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको