शुक्रवार, भाद्र २६ गते २०८३

खोटाङमा पुँजीगत खर्च ९४. ६ प्रतिशत

खोटाङमा पुँजीगत खर्च ९४. ६ प्रतिशत

रोदिक खबर

८, श्रावण २०८०
  • 8.9K
    SHARES
  • खोटाङमा पुँजीगत खर्च ९४. ६ प्रतिशत

    खोटाङ  । आर्थिक बर्ष २०७९/८० मा खोटाङको पुँजीगत खर्च ९४.६ प्रतिशत भएको छ । जसमा पुँजीगततर्फ १ अर्व ५२ करोड ५७ लाख रुपैयाँ र चालुतर्फ ६ अर्व २४ करोड १० लाख रुपैयाँ बजेट बिनियोजन भएको थियो ।

    आर्थिक वर्षको पुँजीगततर्फ १ अर्व ४३ करोड ५१ लाख रुपैयाँ खर्च भएको छ । असारमा मात्रै ६८ करोड ७ लाख रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय खोटाङका लेखापाल बिदुर सुवेदीले  बताए ।

    अघिल्लो आवमा जिल्लामा पुँजीगततर्फ ६७.६ प्रतिशत खर्च भएकोमा २०७८/७९ मा पुँजीगत खर्च ६७ करोड ६४ लाख खर्च भएको छ । चालु बजेट ६ अर्ब २० करोड ३० लाख मध्ये ६ अर्व ५ करोड १९ लाख खर्च भएको थियो ।

    यस्तै प्रदेशतर्फ २०७९/८० को पुँजीगत खर्च ८७.१६ प्रतिशत भएको छ । चालु खर्च ४३ करोड ८० लाख र पुँजीगतखर्च ६५ करोड १८ लाख खर्च भएको छ । जसको चालुतर्फ ५० करोड ७४ लाख एवं पुँजीगत तर्फ ७४ करोड ७८ लाख बजेट बिनियोजन भएको थियो ।

    अघिल्लो आव २०७८/७९ मा प्रदेशको पुँजीगत रकम ८३.४ प्रतिशत खर्च भएको थियो । उक्त आबको चालुतर्फ ५३ करोड ६९ लाख र पुँजीगततर्फ ७२ करोड २ ९ लाख बजेट बिनियोजन भएको थियो ।

    जसमा चालु खर्च ४८ करोड ९५ लाख र पुँजीगत खर्च ६० करोड २९ लाख खर्च भएको थियो । राजस्व संकलन भने जिल्लामा अघिल्लो आर्थिक वर्ष भन्दा बढेको छ ।

    आर्थिक वर्ष २०७८/७९ मा ५० करोड ८३ लाख रुपैया राजस्व संकलन भएको थियो । आव २०७९/८० मा ६१ करोड ५८ लाख रुपैयाँ राजस्व संकलन भएको छ । यो वर्ष अघिल्लो आव भन्दा १ करोड ७५ लाख रुपैंया राजस्व बढेको छ ।

    यस्तै प्रदेशतर्फ अघिल्लो आव २०७८/७९ मा ४९ लाख रुपैया राजस्व संकलन भएको थियो भने आव २०७९/८० मा १ करोड २६ लाख राजस्व संकलन भएको छ । जुन अघिल्लो आवको भन्दा ७६ लाख रुपैयाँ राजस्व बढी हो ।

    प्रकाशित मिति :श्रावण ८, २०८० सोमवार - १७:४१:२६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको