ज्वाला राईको स्वरमा सजिएको ‘मान्जी’ नामक म्युजिक भिडियो सार्वजनिक

ज्वाला राईको स्वरमा सजिएको ‘मान्जी’ नामक म्युजिक भिडियो सार्वजनिक

रोदिक खबर

२३, श्रावण २०८०
  • 9.8K
    SHARES
  • ज्वाला राईको स्वरमा सजिएको ‘मान्जी’ नामक म्युजिक भिडियो सार्वजनिक

    योगिन राई

    खोटाङ । चर्चित गायक ज्वाला राईको स्वरमा सजिएको ‘मान्जी’ नामक गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । बरिष्ठ साहित्यकार राजन मुकारुङको शब्द रहेको गीतको संगीत देनेश काजी वान्तवाले गरेका हुन ।

    त्यसैगरि यस गीतको एरेन्जर बिशम आचार्य गितारमा सन्जिव वराईली र राहुल बिश्वकर्मा साराङ्गिमा हेमन्त कान्छा र मनिका गन्धर्व र मादलमा पोशन मगरको रहेको छ । भने गीत सेवा रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको हो ।

    पवित्रा राईले निर्देशन गरेको सार्वजनिक भिडियोमा गायक स्वंयम ज्वाला र वेदना राईसंगै बिशम आचार्य ,सुनिल तामाङ , बिबश भट्टराई र नविन कुमार सुनुवारको अभिनय रहेको छ ।

    त्यस्तै भिडियोको कोरियोग्राफिमा मनि कुमार राई क्यामारामा बिशाल थापा र कलर इडिटिङ्गमा ज्वाला राईकै रहेको छ । उत्कृष्ठ निर्देशकिय पक्ष रहेको यस गीतको भिडियोमा प्रयोग भएको ‘मान्जी’ भन्नाले राई वान्तवा भाषामा माईली भन्ने शब्द जनाउछ ।

     

    https://www.youtube.com/watch?v=NH5RcBMqaa0

    प्रकाशित मिति :श्रावण २३, २०८० मंगलवार - ०९:१२:२५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको