सुस्तरी बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

सुस्तरी बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

रोदिक खबर

२४, श्रावण २०८०
  • 10.8K
    SHARES
  • सुस्तरी बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

    योगिन राई

    बरिष्ठ गायक यसकुमार र अनु चौधरीको स्वरमा रहेको सुस्तरी बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।समसामायिक कथावस्तुमा आधारित भएको बनेको सुस्तरी भिडियोको गीतमा यस कुमारकै लय कम्पोज एस के बच्चाको एरेन्ज र साजन शाहको मिक्सिङ्ग मास्टरिङ्ग रहेको छ ।

    पछिल्लो समय काठमाडौ महानगरपालिकामा मेयरमा वालेन शाहले जितेपछि काठमाडौ शहरको सडक पेटिमा व्यापार गर्नेहरुलाई नगरप्रहरीले गरेको गतिविधि र त्यसमाव्याापार गर्नेहरुको समस्यालाई देखाईएको छ । जुन भिडियोमा एक नगर प्रहरी र सडक पेटिमा व्यापार गर्ने एक युवतीको प्रेमलाई समयसान्धर्बिक तरिकाले प्रस्तुत गरिएको छ ।

    भिडियोमा गायक यसकुमारसंगै अनु थापा , राजेश घतानी, पन्छि तामाङ, अनिता लामा लगायको अभिनय रहेको छ । चर्चित निर्देशक निकेश खडकाले निर्देशक गरेको भिडियोमा यसकुमारकै कथा उत्तम हुमागाईको छायाँकन र विकास धमलाको सम्पादन तथा कलरिङ रहेको छ ।

    https://www.youtube.com/watch?v=b2_x7F494Ls

    प्रकाशित मिति :श्रावण २४, २०८० बुधवार - १३:४८:४४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको