नेप्से सूचक २० अंकले घट्यो, कारोबार १ अर्ब ६७ करोडमा सीमित

नेप्से सूचक २० अंकले घट्यो, कारोबार १ अर्ब ६७ करोडमा सीमित

रोदिक खबर

३१, श्रावण २०८०
  • 7.9K
    SHARES
  • नेप्से सूचक २० अंकले घट्यो, कारोबार १ अर्ब ६७ करोडमा सीमित

     काठमाडौँ । आज फेरि सेयर बजार परिसूचक नेप्से २० अंक माथिले घट्न पुगेको छ । अघिल्लो दिन ३१ अंकले घटेर २ हजार ४५ अंकको विन्दुमा झरेको नेप्से सूचक बुधवार थप २०.३१ अंकले घट्दै २ हजार २५.१२ अंकको विन्दुमा झरेको हो ।

    यस्तै आज कारोबार समेत अनपेक्षित खुम्चिँदै १ अर्ब ६७ करोड ९९ लाख रुपैयाँमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । अघिल्लो दिन ३१ अंकले नेप्से घटेको बजारमा २ अर्ब माथिको कारोबार भएको थियो । आज नेप्से १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ ।

    प्रकाशित मिति :श्रावण ३१, २०८० बुधवार - १६:०१:३८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको