कोशी प्रदेशका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिने

कोशी प्रदेशका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिने

रोदिक खबर

४, भाद्र २०८०
  • 8.4K
    SHARES
  • कोशी प्रदेशका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिने

    कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत लिँदै छन्। मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको छ।

    साउन १६ गते थापा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नेपाली कांग्रेसका थापालाई गठबन्धन दलको साथ छ । उनले यही भदौ १४ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक बाध्यता छ । विश्वासको मत लिन थापाले शुक्रबार कोसी प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराएका थिए ।

    गठबन्धनसँग ठिक्क बहुमत पुग्ने ४७ सांसद संख्या छ । तर, सभा सञ्चालन गर्न उपसभामुख अनुपस्थित भए के गर्ने भन्नेमा गठबन्धनमा अन्योल देखिएको छ ।

    साउन १६ गते सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका थिए । त्यसपछि गठबन्धनका कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) का ४७ प्रदेशसभा सदस्यको समर्थनमा थापा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । कोसी प्रदेशसभामा नेकपा (एमाले) का ४० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ६ सांसद छन् । सदनमा एमाले र राप्रपा साथै छन् ।

    प्रकाशित मिति :भाद्र ४, २०८० सोमवार - ०७:४४:५० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको