कोशी सरकारबिरुद्धको रिट न्यायाधीश खतिवडाको इजलासमा

कोशी सरकारबिरुद्धको रिट न्यायाधीश खतिवडाको इजलासमा

रोदिक खबर

७, भाद्र २०८०
  • 6.9K
    SHARES
  • कोशी सरकारबिरुद्धको रिट न्यायाधीश खतिवडाको इजलासमा

    काेशी सरकारबिरुद्ध नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिट आजका लागि पेसी तोकिएको छ। रिटकाे प्रारम्भिक सुनुवाइ न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा परेकाे छ।

    सर्वोच्च अदालतमा बुधवार रिट दर्ता भएसँगै आजका लागि पेसी तोकिएको थियाे। आज रिट माथि प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्ने नगर्नेबारे आदेश दिइनेछ।

    प्रदेश सभाका सभाध्यक्षले समेत मतदान गरी विश्वासको मत लिनु संविधान र सर्वोच्च अदालतको आदेश विपरीतको कार्य भएको भन्दै एमाले कोशी प्रदेश सभा संसदीय दलका नेता कार्कीले परमादेशको माग गर्दै बुधवार सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए।

    प्रकाशित मिति :भाद्र ७, २०८० बिहिवार - १२:०६:१९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको