शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

पेट्रोल, डिजेल र खाना पकाउने ग्यासमा मूल्य बढ्यो

पेट्रोल, डिजेल र खाना पकाउने ग्यासमा मूल्य बढ्यो

रोदिक खबर

१४, भाद्र २०८०
  • 10.4K
    SHARES
  • पेट्रोल, डिजेल र खाना पकाउने ग्यासमा मूल्य बढ्यो

    काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले बिहीबार विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको जनाएको हो । पेट्रोल प्रतिलिटर ४, डिजेल र मट्टितेल प्रतिलिटर ३ र एलपी ग्यास प्रतिसिलिन्डर २३५ रुपैयाँ बढेको निगमले जनाएको छ ।

    निगमले मूल्यवृद्धि आज मध्यरातिदेखि लागू हुने जनाएको छ । इण्डियन आयल कर्पोरेशनबाट आज (बिहीबार) मूल्य वृद्धि भएर आएकाले नेपालमा पनि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरिएको निगमले जनाएको छ ।

    निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल र डिजेलमा क्रमशः प्रति लिटर रु ३.१७ र रु २.४८ तथा एलपि ग्यासको मूल्यमा प्रति सिलिण्डर रु १८६.४५ ले वृद्धि भएर आएको छ ।

    pp.webp

    प्रकाशित मिति :भाद्र १४, २०८० बिहिवार - २१:३९:३१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको