वाग्मती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारस खड्का विजयी

वाग्मती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारस खड्का विजयी

रोदिक खबर

१५, भाद्र २०८०
  • 10.2K
    SHARES
  • वाग्मती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारस खड्का विजयी

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का वाग्मती प्रदेश क्रिकेट संघको अध्यक्ष विजयी भएका छन् । काठमाडौंमा शुक्रबार सम्पन्न निर्वाचनबाट खड्का अध्यक्षमा निर्वाचित भएका हुन् । उनले अध्यक्षका अर्का प्रत्याशी उमेश पियालाई पराजित गरे । अध्यक्षमा पारसले २३ मत पाए भने उनका प्रतिस्पर्धी पियाले १४ मत पाए ।

    पारस प्यानलसहित निर्वाचित भएका हुन् । नयाँ कार्यसमितिको उपाध्याक्षमा प्रेमबहादुर क्षेत्री, सचिवमा प्रशन्न शाक्य र कोषाध्यक्षमा सञ्जय बस्नेत निर्वाचित भए । तीनैजना समान २४ मतसहित विजयी भएका हुन् ।

    यस्तै, सदस्यहरुमा अजयवीर पाण्डे, अनिल अधिकारी, सञ्जोग श्रेष्ठ, सुजन महर्जन, धिरज श्रेष्ठ र वसन्तराज सत्याल विजयी भए । महिला सदस्यमा निरा राजोपाध्याय भने निर्विरोध चयन भइन् । पिया प्यानलबाट उपाध्यक्षमा उठेका रुपक रञ्जित, सचिवका उमेदवार प्रज्वल सापकोटा र कोषाध्यक्षका उमेदवार विजय बोहराले समान १४ मत प्राप्त गरे ।

    प्रकाशित मिति :भाद्र १५, २०८० शुक्रवार - १९:३५:१७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको