शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

जितिया पर्वले सभ्य समाज निर्माणमा अग्रसर हुन उत्प्रेरणा प्रदान गरोस् : राष्ट्रपति विद्यादेवी भण्डारी

जितिया पर्वले सभ्य समाज निर्माणमा अग्रसर हुन उत्प्रेरणा प्रदान गरोस् : राष्ट्रपति विद्यादेवी भण्डारी

रोदिक खबर

२५, भाद्र २०७७
  • 1.9K
    SHARES
  • जितिया पर्वले सभ्य समाज निर्माणमा अग्रसर हुन उत्प्रेरणा प्रदान गरोस्  : राष्ट्रपति विद्यादेवी भण्डारी

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जितिया पर्वले समतामूलक, प्रगतिशील र सभ्य समाज निर्माणमा अग्रसर हुन उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् । उनले जितिया पर्व मनाउने सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको कामना पनि गरेकी छन् ।

    जितिया पर्वका अवसरमा आज शुभकामना सन्दैश दिँदै राष्ट्रपतिले यस्ता सांस्कृतिक पर्वले परिवार र समुदायका सदस्यबीच आपसी प्रेम, विश्वास, सदभाव र सहयोगको भावनालाई प्रगाढ बनाउने बताएकी छन् ।

    साथै विविध जातजाति, भाषाभाषी, संस्कृति र भूगोलका सम्पूर्ण नेपालीबीचमा समेत परस्पर सदभाव, सहिष्णुता, समझदारी र ऐक्यबद्धताको भावनालाई सबल बनाउँदै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने राष्ट्रपति भण्डारीको विश्वास छ ।

    नेपालमा मनाइने यस किसिमका चाडपर्वले विशिष्ट सांस्कृतिक पहिचान र सभ्यतालाई उजागर गरेको जनाउँदै राष्ट्रपतिले यी चाडपर्व मनाउने सन्दर्भमा परम्पराका नाममा प्रचलित विभेदजन्य अभ्यास एवं अव्यावहारिक पक्षलाई समयसापेक्ष सुधारसमेत गर्दै जानुपर्ने विचार पनि व्यक्त गरेकी छन् ।

    जितिया पर्वले महिलाविरुद्ध थोपरिएका सबै प्रकारका विभेद, असमानता र हिंसालाई अन्त्य गर्दै समतामूलक, प्रगतिशील र सभ्य समाज निर्माण गर्ने दिशातर्फ अग्रसर हुन सबैलाई उत्प्रेरणा र उत्साह प्रदान गरोस् भनी उनले शुभकामना व्यक्त गरेकी छन् ।

    प्रकाशित मिति :भाद्र २५, २०७७ बिहिवार - ०८:०४:३८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको