शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

एमसीसी कार्यान्वयनको अनुगमन गर्न एकीकृत समाजवादीले बनायो समिति

एमसीसी कार्यान्वयनको अनुगमन गर्न एकीकृत समाजवादीले बनायो समिति

रोदिक खबर

१८, भाद्र २०८०
  • 7.3K
    SHARES
  • एमसीसी कार्यान्वयनको अनुगमन गर्न एकीकृत समाजवादीले बनायो समिति

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले एमसीसी कार्यान्वयनको अनुगमन गर्न पाँच सदस्यीय समिति बनाएको छ । आज बसेको सचिवालय बैठकले पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा समिति बनाइएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

    समितिमा उपमहासचिवहरू डा. गंगालाल तुलाधार, जगन्नाथ खतिवडा, नेतृ गरिमा शाह र एक–एक जना विषयविज्ञ रहने छन् । विषय विज्ञको नाम चयन गर्न बाँकी छ । समितिले एमसीसीको कार्यान्वयनको अनुगमन गर्ने, व्याख्यात्मक घोषणबारे पनि छलफल गर्ने खतिवडाले जानकारी दिए ।

    एकीकृत समाजवादीले संसद्ले पारित गरेको १२ बुँदे घोषणा स्वीकार नगरी एमसीसी कार्यान्वयनमा गएको भन्दै अनुगमन समिति बनाएको हो ।

    प्रकाशित मिति :भाद्र १८, २०८० सोमवार - १९:२५:४३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको