खोटाङ । खोटाङमा बाघले पशुचौपाया मार्न थालेपछि स्थानीय त्रसित बनेका छन् । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित आहाले जंगलमा पशुचौपाया मार्न थालेपछि स्थानीय त्रसित बनेका हुन् । बाघले चरनमा लगेका समयमा बुधवार एउटा गाई र दुई वटा बाख्रा खाइदिएको छ ।
बाघले स्थानीय सुवाश कार्कीको एउटा गाई र खगेन्द्र कटुवालको दुई वटा बाख्रा खाईदिएको हो । उनीहरुको जंगलमा चराएर घर फर्काउने क्रममा मारेर खाइदिएको सुवाश कार्कीले जानकारी दिए ।
बाघले धमाधम गाई बाख्रा मार्न थालेपछि आहालेका स्थानीय अहिले त्रसित बनेका हुन् । बाघका कारण अहिले स्थानीयहरु हिँडडुल गर्न, घरायसी काम गर्न र दाउरा, घाँस, सोत्तरलगायतका काम गर्न समेत डराएर हिँड्नुपरेको कार्कीको भनाइछ ।