शनिवार, कार्तिक १५ गते २०८३

  • ट्रेण्डिङ:

साकेलामा गर्भवती तथा सुत्केरी भेटघाट कार्यक्रम

साकेलामा गर्भवती तथा सुत्केरी भेटघाट कार्यक्रम

रोदिक खबर

२०, भाद्र २०८०
  • 10.8K
    SHARES
  • साकेलामा गर्भवती तथा सुत्केरी भेटघाट कार्यक्रम

    खोटाङ । साकेला गाउँपालिकामा गर्भवती तथा सुत्केरी भेटघाट कार्यक्रम लागू गरिएको छ । चालु आर्थिक वर्षका लागि गाउँपालिकाका सबै वडाले बजेट विनियोजन गरेर गर्भवती तथा सुत्केरी भेटघाट कार्यक्रम लागू गरेको हो । ‘हरेक बार खाना चार’ भन्ने मूल नाराका साथ गर्भवती तथा सुत्केरी भेटघाट कार्यक्रम आयोजना गरिएको वडा नं.-३ खिदिमास्थित स्वास्थ्य चौकी खिदिमाका प्रमुख कमल प्रसाद फुयलले बताए ।

    । स्वास्थ्य चौकीको आयोजनामा मङ्गलबार बोरा टोलस्थित एक जना सुत्केरीसँगको भेटघाट कार्यक्रम गरिएको हो । गर्भवती तथा सुत्केरीसँगको भेटघाट क्रममा हरेक बार खाना चारको साथमा सुत्केरी र बच्चाको लागि हाईजिन किट उपलब्ध गराइएको छ । कार्यक्रमले पोषणमैत्री स्थानीय टोल घोषणा र पूर्ण सरसफाइको अभियानलाई समेत सहयोग पुग्ने भएकाले आगामी वर्षहरुमा पनि यो कार्यक्रमलाई निरन्तरता दिइने फुयलले बताए ।

    सुत्केरी भेटघाट कार्यक्रमका लागि यस वर्ष खिदिमाले ३० हजार बजेट बिनियोजन गरेको छ । गर्भवती तथा सुत्केरी भेटघाटका लागि गाउँपालिका उपप्रमुख बिर्सिका राई, वडाध्यक्ष गोबिन्द तामाङ, साकेला अस्पतालका डाक्टर किसन घिमिरे, गाउँपालिका स्वास्थ्य प्रमुख रिता ढकाल, पोषण संयोजक नवीन राई लगायतको उपस्थिति रहेको थियो ।

    गर्भवती तथा सुत्केरी भेटघाट कार्यक्रम अन्तरगत आगामी वर्षहरुमा पनि बजेट विनियोजन गरेर कार्यक्रमलाई निरन्तरता दिइने उपप्रमुख राईले प्रतिवद्धता व्यक्त गरिन् ।

    कार्यक्रमका लागि वडा नं. १ बाँझेच्यानडाँडाले पोषिलो आहार शीर्षकमा रु ३० हजार, वडा नं. २ रतन्छाले सुत्केरी भेटघाट कार्यक्रमका लागि रु ३० हजार, वडा नं. ३ खिदिमाले सुत्केरीलाई पोषण नाङ्लो कार्यक्रमका लागि रु ३० हजार र वडा नं. ४ मात्तिमले स्वास्थ्यसँग जनप्रतिनिधि सुत्केरी परामर्शका लागि रु ६० हजार बजेट विनियोजन गरेको पाइएको छ ।

    प्रकाशित मिति :भाद्र २०, २०८० बुधवार - २२:५२:२३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको