शनिवार, कार्तिक १५ गते २०८३

  • ट्रेण्डिङ:

फेसबुके पत्रकारिता नगर्न चार पत्रकार सङ्गठनले दिए गिरीलाई चुनौती

फेसबुके पत्रकारिता नगर्न चार पत्रकार सङ्गठनले दिए गिरीलाई चुनौती

रोदिक खबर

२०, भाद्र २०८०
  • 18.0K
    SHARES
  • फेसबुके पत्रकारिता नगर्न चार पत्रकार  सङ्गठनले दिए गिरीलाई चुनौती

     खोटाङ । खोटाङमा पत्रकारिताको नाममा प्रतिष्ठा आँच आउने कार्य भइरहेकोप्रति पत्रकारहरुले आपत्ति जनाएका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङसहित चार पत्रकार संद्ध÷संगठनले हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका मनोज गिरीलाई पत्रकारको नाममा जथाभावी नलेख्न चुनौती दिएका छन् ।

    गिरीले पत्रकारिताको आडमा सामाजिक सञ्जाल फेसबुकमार्फत जथाभावी स्टाटस लेखेर र भिडियोमा बोलेर पत्रकारिताको गरिमामाथि आँच पु¥याएको भन्दै नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल खोटाङले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै पत्रकार आचारसंहिता पालना गर्न सचेत गराएका हुन् ।

    गिरीले सामाजिक सञ्जालमा जथाभावी लेख्ने, अफवाह फैलाउने, अरुको मानमर्दन गर्ने, खेदो गर्ने, ‘म पत्रकार हुँ’ भन्दै थर्काउने, गालीगलौज गर्ने र बिना अनुमति टेलिफोन सम्वाद रेकर्ड गरेर फेसबुकमा राख्ने गरेकोप्रति पत्रकार सम्वद्ध संगठनहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

    पत्रकार महासंघका अध्यक्ष दिलीप खत्री, प्रेस युनियनका सभापति उत्तम चौंलागाई, प्रेस चौतारी नेपालका अध्यक्ष सीताराम राई ‘सञ्जिव’ र प्रेस सेन्टर नेपालका अध्यक्ष रामधन राईले बुधवार जारी गरेको विज्ञप्तिमा भनिएको छ, गिरीले खोटाङमा ‘म मात्रै पत्रकार हुँ, सबथोक मै हुँ, म मात्रै जान्ने छु, अरु सबै गलत हुन्न्’ भन्ने शैलिमा सिङ्गो पत्रकारितामाथि धावा बोलेको उल्लेख छ ।

    गिरीले जस्तै जथाभावी जवाफ लेखेर फेसबुकमा प्रतिक्रिया जनाउँदा दोहोरी खेलेजस्तो देखिने तर, चुप बस्दा पनि गिरीले लगाएको आक्षेप स्वीकार गरेजस्तो देखिने भएपछि आफ्नो धारणा सार्वजनिक गर्न बाध्य हुनु परेको महासंघका अध्यक्ष खत्रीले बताए ।

    “अरुलाई गाली बेइज्जती गर्ने, आतङ्क फैलाउन खोज्ने, धम्की दिने प्रवृत्ति किमार्थ पत्रकारिताको मूल्य र मान्यताभित्र नपर्ने स्पष्ट गराउन चाहन्छौँ,” विज्ञप्तिमा भनिएको छ, “आम समुदायलाई भ्रमको पछाडि नलाग्न, फेसबुकमा लेखेको स्टाटसलाई हेरेर धारणा बनाउनुभन्दा आधिकारिक सञ्चार माध्यमबाट प्रकाशन तथा प्रशारण भएका सूचनामा भर पर्न सबैमा आव्हान गर्दछौँ ।” पछिल्लो समय सामाजिक सञ्जालमा जथाभावी लेख्ने, अफवाह फैलाउने, भ्रम छर्ने र समाजलाई ‘मिसलिड’ गर्ने प्रवृत्ति मौलाइरहेको भन्दै पत्रकार सम्वद्ध संगठनहरुले चिन्ता व्यक्त गरेका छन् ।

    सामाजिक सञ्जालमा पोष्ट भएका स्टाटसहरुको सत्यतथ्य नबुझी धारणा बनाउँदा गलत सोच तथा विचारको विकास भइरहेको विज्ञप्तिमा भनिएको छ । गिरीले अर्काको शैक्षिक योग्यताको प्रमाणपत्र फोटोसपमार्फत आफ्नो नामको बनाएर हलेसीपाटी डटकम दर्तागरी सञ्चालन गर्दै आएका छन् ।

    गिरीले समाचारभन्दा पनि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्ने गरेका छन् । तर, उनले कतिपयलाई गाली गर्ने, होच्याउने, मानमर्दन गर्ने र ‘सबथोक मै हुँ’ भन्ने शैलिमा स्टाटस लेख्ने गरेको देखिन्छ । गिरीले जिल्लामा क्रियाशील अरु पत्रकार बिरुद्ध ‘पार्टीको झोले’ भन्दै सामाजिक सञ्जाल फेसबुकमा तथानाम गाली लेख्ने गरेका छन् ।

    गिरीले सोही स्थानका कुभेसचन्द्र गिरीको शैक्षिक योग्यताको प्रमाणपत्र स्नातक तहको प्रमाणपत्रलाई फोटोसपमार्फत आफ्नो नामको बनाएर प्रयोग गरेकामा किर्ते जालसाजी मुद्धामा सम्मानित जिल्ला अदालत खोटाङबाट २०७९ माघ–१९ गते दोषी ठहर भइ २० दिन कैद र तीन हजार जरिवाना सजाय भोगिसकेका गिरीले पत्रकार आचारसंहिता, मूल्यमान्यता र सिद्धान्तलाई कुल्चिएको प्रति पेशागत संघ÷संगठनहरुले आपत्ति जनाएका हुन् ।

    सामाजिक सञ्जालमा स्टाटस लेखेर होइन पत्रकार आचारसंहिताको पालना गरेर समाचार लेखेर सञ्चार माध्यममा प्रकाशन तथा प्रशारण गरेमात्र पत्रकार बन्न सकिने विज्ञप्तिमा उल्लेख छ ।

    प्रकाशित मिति :भाद्र २०, २०८० बुधवार - २३:४१:३४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको