कोशी प्रदेश सरकारले जारी गर्‍यो बजेटसम्बन्धी अध्यादेश

कोशी प्रदेश सरकारले जारी गर्‍यो बजेटसम्बन्धी अध्यादेश

रोदिक खबर

२४, भाद्र २०८०
  • 1.5K
    SHARES
  • कोशी प्रदेश सरकारले जारी गर्‍यो बजेटसम्बन्धी अध्यादेश

    विराटनगर । कोशी प्रदेश सरकारले आज बजेटसम्बन्धी अध्यादेश ल्याएको छ । पुन: मुख्यमन्त्री नियुक्त भएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिलो बैठकबाटै निर्णय गराएर आज अध्यादेश ल्याएका हुन् ।

    सरकारले सिफारिस गरेका कोशी प्रदेश आर्थिक अध्यायदेश र कोशी प्रदेश विनियोजन अध्यादेश प्रदेश प्रमुख परशुराम खापुङ्गले जारी गरेका हुन् । मुख्यमन्त्री कार्कीले शुक्रबार बेलुका मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

    सोही दिनको बैठकबाट उनले अध्यादेश ल्याउने निर्णय गरेका थिए । यसअघि कार्की नेतृत्वको सरकारले नै गत जेठ ३२ गते ल्याएको बजेट अध्यादेश भदौ १० गते निष्क्रिय भएको थियो ।

    अध्यादेश निष्क्रिय भएका कारण प्रदेशमा बजेट शून्यको अवस्था थियो । पुन: अध्यादेश जारीएसँगै बजेट शून्यको अवस्था सकिएको छ ।

    प्रकाशित मिति :भाद्र २४, २०८० आइतवार - १२:२२:३० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको