नेप्सेसँग घट्यो कारोबार रकम, लघुवित्तबाहेक सबै समूह राताम्य

नेप्सेसँग घट्यो कारोबार रकम, लघुवित्तबाहेक सबै समूह राताम्य

रोदिक खबर

७, आश्विन २०८०
  • 13.9K
    SHARES
  • नेप्सेसँग घट्यो कारोबार रकम, लघुवित्तबाहेक सबै समूह राताम्य

    काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक साताको पहिलो दिन आइतबार १९.४३ अंकले घटेको छ । नेप्से परिसूचक घटेसँगै कारोबार रकममा पनि कमी आएको छ । गएको बिहीबारको तुलनामा कारोबार रकम एक अर्बभन्दा बढीले घटेको छ । यस दिन दुई अर्ब ३२ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

    बिहीबार तीन अर्ब २९ करोड रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जानकारी दिएको छ । आज नेप्से परिसूचक ०.९५ प्रतिशत घटेर २०१०.३५ विन्दुमा बन्द भएको छ ।

    घटेको बजारमा चार कम्पनीको सेयर मूल्य सर्वाधिक वृद्धि भएको छ । स्वरोजगार लघुवित्त वित्तीय संस्था, हिमालयन लघुवित्त वित्तीय संस्था र एसियन हाइड्रोपावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ । थ्री स्टार हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ९.७९ प्रतिशतले वृद्धि भएको छ ।

    शुभम पावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले घटेको छ । माछापुच्छ्रे बैंकको सेयर कारोबारले सर्वाधिक हिस्सा ओगटेको छ । यो कम्पनीको १३ करोड २४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये लघुवित्त समूहको परिसूचक बढेको छ ।

    लघुवित्त समूहको परिसूचक ०.९९ पतिशतले बढेको छ । सर्वाधिक परिसूचक घट्नेमा फाइनान्स समूह छ । यो समूहको परिसूचक १.९८ प्रतिशतले घटेको छ ।

    प्रकाशित मिति :आश्विन ७, २०८० आइतवार - २१:०६:४२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको