शुक्रवार, भाद्र २६ गते २०८३

दशैं लक्षित नयाँ नोट वितरणको गृहकार्य, एकजनाले १८ हजार ५ सयसम्म साट्न पाउने

दशैं लक्षित नयाँ नोट वितरणको गृहकार्य, एकजनाले १८ हजार ५ सयसम्म साट्न पाउने

रोदिक खबर

९, आश्विन २०८०
  • 15.5K
    SHARES
  • दशैं लक्षित नयाँ नोट वितरणको गृहकार्य, एकजनाले १८ हजार ५ सयसम्म साट्न पाउने

     काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष पनि आगामी दशैंका लागि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको दरले नयाँ नोट वितरण गर्ने तयारी गरेको छ । घटस्थापना आसपासदेखि नयाँ नोट वितरण सुरु गर्ने राष्ट्र बैंकको तयारी छ । राष्ट्र बैंकले दशैं-तिहारमा दक्षिणा र पूजाका लागि नयाँ नोट साट्ने सुविधा दिँदै आएको छ ।

    हाल नयाँ नोट कति आवश्यक पर्ने हो भनेर राष्ट्र बैंकका प्रादेशिक कार्यालय र नोट कोष सुविधा लिएका बैंकहरुबाट विवरण संकलन भइरहेको छ । विवरण संकलन भइसकेपछि वितरणको काम सुरु हुने छ ।

    नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख नरेश शाक्यका अनुसार घटस्थापना आसपासदेखि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँसम्म नयाँ नोट वितरण गर्ने तयारी छ ।

    अघिल्ला दुई वर्ष पनि राष्ट्र बैंकले प्रतिव्यक्ति बढीमा १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट दिने गरेको थियो । बैंक तथा वित्तीय संस्थाहरुलाई भने उनीहरुको माग र ग्राहकको संख्या अनुसार नयाँ नोट उपलब्ध गराउने तयारी छ ।

    प्रकाशित मिति :आश्विन ९, २०८० मंगलवार - ०९:१८:५२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको