सांकेतिक तस्बिर
खोटाङ । अरिंगालको टोकाईबाट खोटाङमा तीन वर्षीय बालिकाको मृत्यु भएको छ । अरिंगालले टोकेपछि गम्भीर घाईते बनेकी केपिलासगढी गाउँपालिका-२ खार्ताम्छाकी प्रतिमा राईको मृत्यु भएको हो । गम्भीर अवस्थामा जिल्ला अस्पताल दिक्तेल पुर्याइएकी बालिकाको उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको हो ।
बालिकालाई दिदिहरुसँग विद्यालय जाने क्रममा मंगलबार बिहान अरिंगालले टोकेको खार्ताम्छाका वडाध्यक्ष मिलन राईले बताए । दिउँसो १.१५ बजे अस्पताल भर्ना गरिएकी बालिकाको २.३० बजे मृत्यु भएको जिल्ला अस्पतालले जनाएको छ । प्रतिमालाई पिठ्युँमा बोकेर हिँडिरहेकी अर्की बालिका पनि अरिंगालको टोकाईबाट घाइते भएकी छन् ।