शुक्रवार, भाद्र २६ गते २०८३

म्याद नाघेका उपभोग्यवस्तु बरामद गरेर नष्ट

म्याद नाघेका उपभोग्यवस्तु बरामद गरेर नष्ट

रोदिक खबर

१०, आश्विन २०८०
  • 16.1K
    SHARES
  • म्याद नाघेका उपभोग्यवस्तु बरामद गरेर नष्ट

    खोटाङ । खोटाङको ऐसेलुखर्कमा ११ हजार ५५० रुपैयाँ बराबरको म्याद नाघेका उपभोग्यवस्तु बरामद गरेर नष्ट गरिएको छ । दशैं तिहार नजिकिँदैगर्दा ऐसेलुखर्क गाउँपालिका ३ ऐसेलुखर्क बजारमा गरिएको बजार अनुगमनका क्रममा म्याद नाघेका मसलादेखि क्यान बियर बरामद गरेर नष्ट गरिएको हो ।

    बजार अनुगमनका क्रममा चार प्याक जुस, तीन वटा क्यान बियर, एक पोका अजिना, नौ पोका मिट मसला, सात वटा सानो कोक, १७ वटा मेघा फ्रि, एक वटा फ्यान्टा, १२ प्याकेट सुनगाभा चिया, २५ प्याकेट चिजबल्स, आठ वटा पेप्सी र दुई वटा कुकिज बिस्कुट जफत गरिएको हो ।

    घरेलु तथा साना उद्योग कार्यालय, गाउँपालिका, इलाका प्रशासन कार्यालय र उद्योग बाणिज्य संघ ऐसेलुखर्कको संयुक्त टोलीले बिहिबार बजार अनुगमन गरेको हो । 

    प्रकाशित मिति :आश्विन १०, २०८० बुधवार - २२:२७:०५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको