काठमाडौं । नेपाल र भारतको सीमा भएर आज विहान भूकम्प गएको छ । भूकम्पको धक्का पूर्वी नेपालका झापा ताप्लेजुङ, इलाम लगायतका जिल्लामा महशुस गरिएको थियो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाए अनुसार विहान ९ बजेर ३० मिनेटमा ५ रेक्टर स्केलको भूकम्प गएको हो । यसको केन्द्र नेपाल र भारतको सीमानामा रहेको बताइएको छ ।
यसअघि २४ गते धादिङ र १९ गते संखुवासभालाई केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।