शनिवार, कार्तिक १५ गते २०८३

  • ट्रेण्डिङ:

सुमो चालक मृत फेला परेको विषयमा सत्यतथ्य पत्ता लगाउन यातायात व्यवसायीको माग

सुमो चालक मृत फेला परेको विषयमा सत्यतथ्य पत्ता लगाउन यातायात व्यवसायीको माग

रोदिक खबर

१४, आश्विन २०८०
  • 34.6K
    SHARES
  • सुमो चालक मृत फेला परेको विषयमा सत्यतथ्य पत्ता लगाउन  यातायात व्यवसायीको माग

     खोटाङ। खोटाङका यातायात व्यवसायीले सवारी चालक मृत फेला परेको विषयमा सत्यतथ्य पत्ता लगाउन माग गरेका छन् । खोटाङ यातायात प्रालिको नेतृत्वमा आइतबार जिल्ला प्रशासन कार्यालय पुगेको यातायात व्यवसायीले गत असोज ११ गते मृत फेला गरेका रावाबेँसी गाउँपालिका-४ डुम्रेधारापानीका ३३ वर्षीया नवराज आचार्यको विषयमा सत्यतथ्य पत्ता लगाउन र दोषी पहिचान गरेर कानुनी कारबाही गर्न माग गरेको हो ।

    खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारलाई ज्ञापनपत्र बुझाउँदै चालक मृत फेला परेको घट्नाको विवरण सार्वजनिक गर्न, दोषी पत्ता लगाएर कारबाही गर्न र मृतक आफन्तलाई उचित  क्षतिपूर्तिको  व्यवस्था दिलाउन ध्यानाकर्षण गराएका छन् ।

    चालक आचार्यको मृत्युका विषयमा चित्तबुझ्दो विवरण सार्वजनिक नभए र दोषी पहिचान गरेर कारबाहीको दायरामा नल्याइए जिल्लाभर यातायातका सवारी साधन ठप्प पार्ने प्रालिका महासचिव हिङमाङले बताए ।

    सुमो चालक आचार्य ऐसेलुखर्क गाउँपालिका-३ ऐसेलुखर्कस्थित वडा कार्यालय जाने बाटोमा त्रिभुवन माबिको गेट नजिकै मृत फेला परेका थिए । आचार्यको शव डेरा बस्दैआएको घरको डिलमुनि अर्को घरको कुलेसोमा घोप्टो परेको, मुन्टो भाँचिएको, दुई हात दुई वटा काठको मुढोले किचेको, खुट्टामा चप्पल रहेको अवस्थामा फेला परेको थियो ।

    आचार्यको साथमा मोबाईल र बेल्टमा बाँधिएको गाडीको चाँबी भेटिएको प्रहरीले जनाएको छ । मृतक आफन्तले घट्नालाई शंकास्पद मानिरहेका छन् । आचार्य ऐसेलुखर्कबाट अन्यत्र ओहोर दोहोर गर्ने सुमो चलाउँदैआएका थिए ।

    s.jpg

    प्रकाशित मिति :आश्विन १४, २०८० आइतवार - १७:३१:५२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको