शुक्रवार, भाद्र २६ गते २०८३

संघर्षशील पत्रकारिता पुरस्कारबाट दुई पत्रकार सम्मानित

संघर्षशील पत्रकारिता पुरस्कारबाट दुई पत्रकार सम्मानित

रोदिक खबर

१४, आश्विन २०८०
  • 42.3K
    SHARES
  • संघर्षशील पत्रकारिता पुरस्कारबाट दुई पत्रकार सम्मानित

    खोटाङ । ‘किरात राई संघर्षशील पत्रकारिता पुरस्कार’ कान्तिपुरका ओखलढुंगा संवाददाता कुम्भराज राई र उदयपुरमा क्रियाशील गजेन्द्र राईलाई प्रदान गरिएको छ ।

    किरात राई पत्रकार संघको १६औं स्थापना दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित सम्मान तथा शुभकामना कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिएको हो ।

    किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाताचो राई, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष गजुरधन राई, संघका अध्यक्ष अवतार राईले उक्त पुरस्कार प्रदान गरेका हुन् । पुरस्कारको राशि जनही १० हजार रुपैयाँ छ ।

    प्रकाशित मिति :आश्विन १४, २०८० आइतवार - १८:०४:१५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको