शुक्रवार, भाद्र २६ गते २०८३

एमाले कर्णालीको अध्यक्षमा गुलाबजंग शाह निर्वाचित

एमाले कर्णालीको अध्यक्षमा गुलाबजंग शाह निर्वाचित

रोदिक खबर

१५, आश्विन २०८०
  • 12.5K
    SHARES
  • एमाले कर्णालीको अध्यक्षमा गुलाबजंग शाह  निर्वाचित

    सुर्खेत । नेकपा एमालेको कर्णाली प्रदेश अध्यक्षमा गुलाबजंग शाह निर्वाचित भएका भएका छन् । सोमबार सकिएको मतगणनामा शाहले ३६९ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी मीनबहादुर शाहीले २०७ मत पाएका छन् । प्रकाश रोकायले चार मत मात्र पाएका छन् ।

    निर्वाचित अध्यक्ष शाहले पार्टीभित्र भएको लोकतान्त्रिक विधिमा विजय र पराजयलाई सामान्य रुपमा लिनुपर्ने बताए । उनले भने, ‘कुनै समूह र गुट थिए, हुने पनि छैन ।’ अध्यक्षमा पराजित शाहीले भने प्रत्येक प्रतिनिधिलाई आफ्नो नेता छान्ने अधिकार रहेको बताए ।

    हार जित स्वभाविक हुने भन्दै उनले भने, ‘भविश्यमा पार्टी निर्माणमा ल्याउने योजनामा एकैसाथ अगाडि बढ्नसक्छौं ।’ कुनै मतभेद भए आपसी सम्वादबाट हल गर्ने र पार्टीलाई कर्णालीमा पहिलो बनाउने बताए ।

    यस्तै उपाध्यक्षमा टेकराज पछाई निर्वाचित भएका छन् । उनले ३४२ मत पाउँदा लालबहादुर महताराले १७६ र दानसिंह परियारले ५९ मत पाएका छन् । सचिवमा ध्रुवबहादुर शाही ४०६ मतका साथ चुनिए । उनका निकटतम प्रतिद्वन्द्वी रूर्दबहादुर शाहीले १६९ मत पाएका छन् ।

    प्रकाशित मिति :आश्विन १५, २०८० सोमवार - २१:१९:१६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको